Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

नवलपरासीमा बजार अनुगमन तीव्र; परिमाण कम गरेर इन्धन बेच्ने सन्तोष आयल स्टोर्समा सिलबन्दी

प्रतिक्षा खबर
२०७९ असार २८, मंगलवार १९:४२

नवलपरासी/ असार २७ ।
पेट्रोल पम्पमा इन्धनको कालोबजारी बढेको जनगुनासो आएपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले सोमबार नवपरासीका पेट्रोल पम्पमा अनुगमन गरेको छ । अनुगमन समितिले जिल्लामा बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।
संयुक्त बजार अनुगमन समितिले परासी, पाल्हिनन्दन र सरावलका गरी ६ वटा पेट्रोल पम्पमा अनुगमन गरेकोमा इन्धनको परिमाण नै कम गरेर बेच्ने गरेको पाइएपछि रामग्राम ६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन समितिका निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा जिल्लाको रामग्राम नगरपालिकाको वडा नं. ६ पोखरापाली स्थित सन्तोष आयल स्टोर्समा रहेको सि.नं. २ को पेट्रोल बितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलको ५ लिटर क्षमताको स्टाण्डर्ड मेजरले चेकजाँच गर्दा प्रति ५ लिटरमा७० एम.एल. कमी देखिएकोले पेट्रोल पम्पमा सिलबन्दी गरिएको निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि.नं. २ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्रीबितरण कार्य आजैका मितिबाट बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा जिल्लाको पाल्हीनन्दन गाउँपालिमा रहेको पटेल जनरल स्टोर्स पेट्रोल पम्प, रामस्नेही स्टोर्स पेट्रोल पम्प, जयसवाल, आयल स्टोर्स पेट्रोल पम्प, सरावल गाउँपालिकाको वडा नं. ६ मा रहेको पृथ्वी आयल सप्लायर्स, शुभलक्ष्मी आयल सप्लायर्स पेट्रोल पम्प तथा रामग्राम वडा ६ मा रहेको सन्तोष आयल स्टोर्स गरी ६ वटा पेट्रोल पम्प अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताउनुभयो ।
यस्तै सरावल गाउँपालिकामा रहेको पंचमुखी एक्वा पानी उद्योग, मुस्कान रेष्टुरेन्ट र पाल्हीन्दन गाँउपालिकामा रहेको आलोक किराना पसलमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेय, गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दिपेन्द्र रोकाहा, उपभोक्ता हित संरक्षण मञ्चकी नगर अध्यक्ष यमकुमारी सुबेदीलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर