Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सपनाले ल्याईन जीवनको रहस्य गजल संग्रह

प्रतिक्षा खबर
२०७८ फाल्गुन ११, बुधबार २०:५५

काठमाडौं । युवा गजलकार सपना न्यौपाने द्वारा लिखित ‘जीवनको रहस्य ’ गजल संग्रह सार्वजनिक गरिएको छ । युवा स्रष्टा न्यौपाने द्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले न्यौपानेको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । गजलकार न्यौपानेको जीवनको रहस्य गजल संग्रह पहिलो कृति हो ।
कार्यक्रममा गजलकार बियोगी बुढाथोकी , रामप्रसाद दाहाल , ज्ञाननिष्ठ ज्ञवाली ,रोशन थापा, सन्ध्या पहाडी , रञ्जना निरौला , राजेन्द्र केसी र गिता मैनालीले संयुक्त रुपमा गजल सङ्ग्रह “जीवनको रहस्य ” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यालय पुतलीसडकमा सार्वजनिक गरेका थिए । जीवनको रहस्य गजल संग्रहको प्रकाशक शुभद्रा न्यौपाने हुन् ।
वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार सन्ध्या पहाडीको अध्यक्षता र ज्ञाननिस्ठ ज्ञवालीले पुस्तकको समिक्षा गरेका थिए ।
बिमोचन कृतिमा टिप्पणी गर्दै कार्यक्रमका बिशिस्ट अतिथि राम प्रसाद दाहालले जीवनको रहस्य ले वास्तवमै यथार्थ जीवनको चित्रण गरेको र वर्तमान सामाजिक विकृतिमा तिखो प्रहार गरेको बताए।
त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष सन्ध्या पहाडीले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको वास्तविकताको आवाज भएको बताईन ।
ग्लोबल प्रिन्ट कनेक्सनले बजारमा ल्याएको जीवनको रहस्य पुस्तकको मुल्य मूल्य २०० रहेको छ। गजल संग्रहमा ९० वटा गजल समेटिएको छ।
जीवनको रहस्य गजलका यस्ता छन् शब्द
जाँदै छु आमा म बोकि सपनाको भारी
आफ्नो गाउँ घर छोडी त्यो समुन्द्र पारी ।
भो भो मलाई कसैले पर्दैन सिकाउन राम्रोसँग
राम्रो सँग थाहा छ , मलाई मेरो जिम्मेवारी
दुःख भन्ने के हो परिवारलाई थाहा हुन्न
परदेशमा खोज्दै हिडे सुख भेट्ने चौतारी ।
आउन त आए प्रदेश कसैको कुरा नसुनि
आज बिरानो यो मुलुकमा हिन्दैछु भौतारी ।
कमाई आए आमा चाडैं सकिने छैन पैसा
उमेर पुगेछ अब खोज्दै दुःख काट्ने दौतरी ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर