• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महन्थ ठाकुर र राजेन्द्र महतोबीच शक्ति संघर्ष शुरु


महन्थ ठाकुर र राजेन्द्र महतोबीच शक्ति संघर्ष शुरु

पटक–पटक संसद् विघटन गर्ने ओली सरकारको समर्थनमा मत बाझिएपछि जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भयो । जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलग्गिएको ६ महिना नबित्दै लोसपामा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पार्टीमा को शक्तिशाली भन्ने होडबाजी सुरु भएको छ । यी दुवै हस्ती अहिले पार्टीभित्र आ–आफ्नै तरिकाले संगठन निर्माण र शक्ति आर्जनमा जुटेका छन् । वरिष्ठ नेता महतो सांगठनिकरुपमा ठाकुरभन्दा केही कमजोर देखिएका छन् । तर, केन्द्रदेखि जिल्लासम्म छुट्टै बैठक गर्दै महतो संगठनमा आफ्नो पकड बलियो बनाउने प्रयासमा छन् ।
खासगरी प्रदेश २ का प्रत्येक जिल्लामा कुनै न कुनै बहानामा महतोको उपस्थिति अहिले बाक्लिएको छ । पूर्वसद्भावना पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटेर आफ्नो पक्ष बलियो बनाउन महतो लागेको अध्यक्ष ठाकुर पक्षका नेताहरूको आरोप छ ।
नेता महतोले जिल्ला–जिल्लामा आफ्नो समूहलाई बलियो बनाउने अभियान थालेपछि अध्यक्ष ठाकुरले पनि केन्द्रबाटै आफू निकटका जिल्ला अध्यक्ष नियुक्त गर्न थालेका छन् । आठ जिल्लामध्ये ६ जिल्लामा महन्थ ठाकुरले आफ्ना पक्षका मान्छे मनोनयन गरिसकेका छन्प्रमेश्वर साह (धनुषा), रामबाबु साह (महोत्तरी), रामप्रसाद यादव (सर्लाही), नवलकिशोर सिंह (बारा), पुरुषोत्तम झा (पर्सा) र रामदयाल यादव (सिराहा) यी सबै जिल्ला अध्यक्ष ठाकुर पक्षकै नेता हुन् । सप्तरीका जिल्ला अध्यक्ष सुनिल झा मात्रै नेता महतो पक्षका हुन् भने रौतहटका जिल्ला अध्यक्ष लीला साह कार्यकारिणी सदस्य अनिल झा पक्षीय हुन् ।
अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्ला अध्यक्षहरू मनोनयन गरिएको दाबी गर्दै आएका छन् । अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमद भन्छन्, ‘ठाकुरजीले जति पनि मनोनयन गर्नुभएको छ, पार्टीमा सल्लाह गरेर गर्नुभएको छ, एकलौटी गरेको आरोप गलत हो ।
यसैवीच प्रदेश २ को अध्यक्षमा ठाकुर पक्षीय जितेन्द्र सोनललाई मनोनयन गरिएपछि एकलौटी निर्णय नमान्ने महतो पक्षले बताइसकेको छ ।
लोसपामा कसको शक्ति कति ?
लोसपामा हालसम्म केन्द्रीय समिति गठन हुन नसकीकार्यकारिणी समितिको भरमा चलिरहेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा ३१ सदस्यीय कार्यकारिणी समितिको नाम दिइएको थियो । त्यसमध्ये एकजना राजकुमार लेखी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
वरिष्ठ नेता शरतसिंह भण्डारीको साथसहित अध्यक्ष महन्थ ठाकुरको पक्ष बलियो देखिन्छ । त्यस्तै, वृषेशचन्द्र लाल, जितेन्द्र सोनल, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, अकवाल अहमद, निर्जला राउत, दानबहादुर विश्वकर्मा, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारी देवी खत्वे, कलु देवी विश्वकर्मा, विमल श्रीवास्तव, शेखरकुमार सिंह, नीलम वर्मा, नीलमकुमारी यादव ठाकुरको पक्षमा रहेको पार्टी स्रोतले जनाएको छ ।
ठाकुरको पक्षमा रहेका रेशमलाल चौधरीले भने आगामी पुस १६ मा नयाँ दल दर्ता गर्ने उद्घोष गरिसकेका छन् ।
वरिष्ठ नेता राजेन्द्र महतोलाई कार्यकारिणी सदस्य अनिलकुमार झासहित केशव झा, सुनिलकुमार झा, उमाशंकर अरगरिया, सुरिताकुमार साह, पुष्पा ठाकुर, कमला कुमारी गुरुङ, प्रेमा चौधरी र रकमनी कुमारीदेवी मण्डल महतोको मात्र साथ रहेको स्रोतले जनाएको छ ।जसपाबाट अलग भएर लोसपा बन्दा महन्थ ठाकुर पक्षका एकजना सुरेश मण्डलबाहेक अरू कुनै नेता जसपामा गएनन् । तर, राजेन्द्र महतो पक्षधरका धेरै नेताहरूले उपेन्द्र यादवको पक्षमा सनाखत गरेपछि महतो लोसपामा कमजोर देखिएका हुन् । लोसपामा अहिले दुई तिहाइ कार्यकारिणी सदस्य ठाकुरको पक्षमा छन् ।
पार्टी फुटका क्रममा महतोलाई सबैभन्दा बढी विश्वास गर्ने मनिष सुमनदेखि लक्ष्मणलाल कर्णसम्मले साथ छाडेपछि धेरैलाई आश्चर्य लागेको थियो । साथै, सद्भावना पार्टीमा लामो समय काम गरेकी अमृता अग्रहरीले पनि महतोको साथ छाडिन् ।
महतोले समानुपातिक सांसद बनाएकी नरमाया ढकालले पनि साथ दिइनन् । यहाँसम्म कि सर्लाहीमा महतोसँग लामो समय सहकार्य गरेका प्रमोद साहदेखि रानी मण्डललगायत थुप्रै नेताहरू महतोको साथ छाडेर उपेन्द्र यादवतिर लागे । त्यस्तै, प्रदेश २ र लुम्बिनी प्रदेशमा पनि जसपामै रहन चाहनेहरु महतो पक्षकै थिए ।
यसरी महतो पार्टीमा कमजोर हुँदै गएपछि अध्यक्ष ठाकुर शक्तिशाली भएका छन् । ‘लोसपामा महतो पक्षमा अब त्यस्तो शीर्ष नेता छँदै छैन भन्दा पनि हुन्छ’, अध्यक्ष ठाकुर पक्षका एक नेताले भने, ‘जसपामा महतोले आफ्नो पक्षलाई कमजोर बनाउनुभयो, उहाँले आफ्नै नेताहरूलाई सम्हाल्न सक्नुभएन ।’
अपमानको बदला
विभिन्न ६ दल मिलेर ७ वैशाख २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन हुँदा सो पार्टीमा राजेन्द्र महतो शक्तिशाली थिए । केन्द्रीय समितिदेखि लिएर पदाधिकारी र संसद्मा समेत राजेन्द्र महतोको बहुमत थियो । त्यसबेला नेता महतोले आफ्नो शक्ति देखाएर अध्यक्ष ठाकुरसँग बार्गेनिङ गरेको ठाकुर पक्षका नेताहरूको आरोप छ ।
राजपामा आफ्नो बहुमतको बलमा राजेन्द्र महतोले ४ मङ्सिर २०७५ मा एक गोप्य बैठक बसेर महन्थ ठाकुरमाथि ‘कु’ गरेको ठाकुर निकट नेताहरूको आरोप छ । बर्दिवासस्थित शरतसिंह भण्डारीको होटलमा गोप्य बैठक बसी ठाकुरलाई अध्यक्ष मण्डलको संयोजकबाट हटाउने निर्णय महतोले गराएको उनीहरु बताउँछन् । त्यसपछि महतो आफै अध्यक्ष मण्डलका संयोजक भएका थिए । त्यसबेला प्रत्येक दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक परिवर्तन हुन्थ्यो ।अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणालीमा हुनुपर्छ भन्ने प्रस्ताव अध्यक्ष ठाकुरको पनि थियो । तर, अध्यक्ष ठाकुरलाई समेत जानकारी नदिई बहुमतको बलमा महतोले संयोजक परिवर्तन गरेपछि ठाकुरको चित्त दुखेको उनी निकट नेताहरू बताउँछन् । त्यसलाई ठाकुर र उनीपक्षीय नेताहरूले अपमानको रूपमा लिएका थिए ।
अहिले पासा पल्टिएको छ । ठाकुरसँग केन्द्र, प्रदेश सबै ठाउँमा बहुमत छ । महतोले चुइँक्क गर्ने ठाउँ छैन । यसैले ठाकुर आफू अनुकूल निर्णय गर्दै अगाडि बढिरहेका छन् । एक प्रकारले भन्ने हो भने महतोसँग पहिलेको बदला लिइरहेका छन् । तर, ठाकुर निकट नेताहरू यसलाई बदला लिएको अर्थमा बुझ्न नहुने बताउँछन् ।
बस्दैन बैठक
लोसपा गठन भएको ५ महिना नाघ्यो तर अहिलेसम्म पार्टीको बैठक बस्न सकेको छैन । हालै एमसीसीका बारेमा छलफल गर्न संसदीय दलको बैठक बसेको थियो । तर, यो बैठकमा पार्टीको आन्तरिक विषयमा भने कुनै छलफल भएन । जबकि संसदीय दलको नेता नै चयन गर्न बाँकी छ । यसअघि जसपामा आफू संसदीय दलको नेता आफू भएकाले लोसपामा पनि आफू नै संसदीय दलको नेता बन्नुपर्ने महतोको जिकिर छ । तर, ठाकुर पक्षको असहमतिले संसदीय दलका नेताको चयन प्रक्रिया अगाडि बढेको छैन ।जसपा फुटपछि लोसपाको कार्यकारिणी समिति विस्तार गर्नुका साथै केन्द्रीय समिति पनि विस्तार गर्नुपर्ने छ । त्यसबाहेक अन्य समितिहरुको गठन पनि बाँकी नै छ । तर, पार्टीभित्रको आन्तरिक विवादकै कारण बैठक बस्न सकिरहेको छैन । बैठकबिनै अध्यक्ष ठाकुरले जिल्ला अध्यक्षलगायत अन्य समितिहरुको अध्यक्ष तथा संयोजकहरू भटाभट मनोनयन गरिरहेका छन् ।राजेन्द्र महतो निकट लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य सरिता साहले पार्टीमा केही आन्तरिक विवाद भए पनि बैठक बसेर त्यसलाई समाधान गर्न सकिने बताइन् ।
लोसपाका सबै शीर्षनेताहरू संगठनकै कामका लागि जिल्ला जिल्ला पुगिरहेका र सबैले पार्टीकै लागि काम गरिरहेको बताउँदै साहले बरु पछिल्लो समय भएका केही मनोनयनमा पार्टीभित्र असन्तुष्टि देखिएको बताइन् । अध्यक्ष ठाकुरले एउटै व्यक्तिलाई विभिन्न पद दिएको बताउँदै उनले यस्ता असन्तुष्टिका कुराहरू बाहिर ल्याउनुभन्दा पनि पार्टीभित्रै समाधान गर्नुपर्ने रातोपाटीलाई बताइन् । राताेपाटाे डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

८ पुष २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

८ पुष २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

८ पुष २०७८, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ पुष २०७८, बिहीबार
Next Post
प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत

प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत

गाँजा सहित तीन महिला रौतहटमा पक्राउ

गाँजा सहित तीन महिला रौतहटमा पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh