Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने

प्रतिक्षा खबर
२०७८ पुष १, बिहीबार १४:५७

जनकपुरधाम, पुस १ गते ।
प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई अनुदान दिने भएको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन।
अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए। विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए।
मन्त्रिपरिषद्ले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ। त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर