Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

हेनरीको घातक बलिङ, भारतले दियो २ सय ५० रनको लक्ष्य

प्रतिक्षा खबर
२०८१ फाल्गुन १८, आईतवार १८:३५

दुबई । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले न्युजिल्याण्डसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको हो ।

भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनलाई अक्षर पटेलले ६१ बलमा ४२ रन जोडेर राम्रो साथ दिए । पटेलले ३ चौका र १ छक्का हिर्काए ।

हार्दिक पाण्ड्याले ४५ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

केएल राहुलले २३ रन बनाए भने रवीन्द्र जडेजाले १६ रन जोडे । कप्तान रोहित शर्मा १५ रन तथा विराट कोहली ११ रन बनाएर पभेलियन फर्किए । शुभमन गिलले २ रन मात्र बनाउन सके ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ८ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कायल जेमिसन, विल ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले १–१ विकेट हात पारे ।

समूह ए बाट न्युजिल्याण्ड र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोलीको २ खेलबाट समान ४–४ अंक रहेको छ । आजको खेलले समूहको विजेता टुंगो लगाउनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर