गोपाल झा
महोत्तरी,१० मंसिर
महोत्तरी जिल्लाको सोनमा गाँउपालीका २ मा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौ मोल बराबरके धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरीकार्यालय महोत्तरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार शुक्रवार दिउँसो करीब दुई बजे सोनमा गाउँपालिका २ बस्ने राम एकवाल साहको घरमा आगलागि भइ करिब २५ लाख रुपैयाँ बराबरको धान माल जलेर नष्ट भएको छ ।
आगलागिमा परि साहको २ तल्ले कच्ची घर पूणर्रुपमा जलेर नष्ट भएको छ । सोही घरको भुई तल्लामा साहले संचालन गर्दै आएको किराना पसल, धान कुटने मिल तथा घरमा रहेका लत्ता, कपडा, अन्नपात र फर्निचर सहीत नगद सबै जलेर नष्ट भएको जिप्रका महोत्तरीको डि एस पी प्रकाश विष्ट जानकारी दिएका छन ।
आगलागीका खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि रघुनाथपुरबाट प्रहरी टोली खटि गई स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी बाट नगद रु. ६ लाख ५० हजार तथा घर र अन्य सरसमान, लत्ता, कपडा, अन्नपात , फर्निचर, किराना पसल, धान कुटने मिल सहित गरी करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यद्यपी उक्त घटनामा कुनै किसिमको मानवीय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको डीएसपी प्रकाश विष्टले जनाएको छ ।









































































































