• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

खानेपानीका हाकिमलाई जनकपुरमा अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर


जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरीयाे

जनकपुरधाम, कार्तिक ५ गते ।
जनकपुरमा खानेपानीका हकिममाथि अमानबीय व्यबहार गर्ने जनमत पार्टीका १७ जनाविरूद्ध मुद्दा दायर गरिएको छ ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराउने १७ जना विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सरकारी वकिलको कार्यालयमार्फत् उनीहरु विरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन् ।
जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।
यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका(८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरूमा १० जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए।
पक्राउ गरेका ४५ जनालाई बिहीबारै अबेर राति हिरासमुक्त गरिएको थियो। टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

५ कार्तिक २०७८, शुक्रबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

५ कार्तिक २०७८, शुक्रबार
Next Post
सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन

साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ सुरु

साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ सुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh