Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ

प्रतिक्षा खबर
२०८२ मंसिर २२, सोमबार १७:००
२१ मंसिर, रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको गठबन्धन कायम रहने बताएका छन् ।

रौतहटको गौरमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सात दलीय गठबन्धन मजबुत रहेको र एकजुट भएर काम गर्ने बताए ।

गठबन्धनको छलफलकै आधारमा मन्त्रीमण्डल विस्तार गर्ने समेत उनले बताए । स्वागत कार्यक्रममा बोल्दै उनले मधेशमा रहेको बेथितिको अन्त्य गर्न आफूले ठोस कदम चाल्ने बताए ।

‘यस प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशको विकासका लागी सबै किसिमका चुनौतीहरूको सामना गर्दै म अगाडि बढ्नेछु ।’

उनले मधेशमा समस्याको चाङ रहेको चुनौतीहरूलाई पार गर्दै रोकिएका विकासका योजनाहरू अगाडि बढाउने र नयाँ योजना तथा रणनितिलाई अगाडी ल्याउने बताए ।

शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने समेत उनले बताए ।

मधेश प्रदेशको छैंठौ मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाले पछि आज गृहजिल्ला रौतहटका आएका यादवले विभिन्न शक्तिपीठहरूमा पूजा अर्चना समेत गरेका छन् ।

मुख्यमन्त्री यादवलाई स्थानियहरुले जिल्लाका अलग अलग स्थानमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर