Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

वर्षा पीडित किसानलाई सरकारले प्रति हेक्टर ५० हजार क्षतिपूर्ति दिने

प्रतिक्षा खबर
२०७८ कार्तिक ३, बुधबार १९:१२

दिल्ली सरकारले बेमौसमी वर्षाका कारण पीडित बनेका किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार भारु दिने घोषणा गरेको छ ।
बुधबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई प्रति हेक्टर ५० हजार भारु क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
बेमौसमी वर्षाले किसानको बालीनाली नष्ट भएको छ तर उहाँहरु दु:खी हुनु पर्दैन’, पत्रकार सम्मेलनमा बोल्दै केजरीवालले भने, ‘सँधै झै तपाईंको साथमा सरकार छ । आफ्नो बाली गुमाएका किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार प्रदान गर्न भनेको छु ।
‘केही दिनअघि किसानहरु मलाई भेट्न आउनु भएको थियो । बेमौसमी झरीका कारण उहाँहरुको बालीनालीमा क्षति पुगेको थियो’, केजरीवालले थपे, ‘तर दु:खी हुनुपर्दैन । विगत ६-७ वर्षमा बालीनाली नष्ट हुँदा हामीले तपाईंलाई सहयोग गर्‍यौं । म भन्न चाहन्छु- तपाईंको यो छोरो तपाईंहरुकै साथमा छ । मैले किसानको मर्का बुझ्न सक्छु ।’
दुई हप्ताभित्र बालानालीमा पुगेको क्षतिपूर्तिबारे सर्वेक्षण गरिने र दुई महिनाभित्र किसानको बैंक खातामा क्षतिपूर्ति रकम पठाइने समेत केजरीवालको भनाइ थियो । क्षतिपूर्ति स्वरुप किसानलाई प्रदान गर्न लागिएको प्रति हेक्टर ५० हजार भारु देशभरमै सबैभन्दा बढी भएको पनि उनले दाबी गरे ।
केही दिनदेखिको बेमौसमी झरीका कारण दिल्लीको ग्रामीण भेगका किसानले ठूलो नोक्सानी ब्यहोरेपछि केजरीवालले क्षतिपूर्ति प्रदान गर्ने बताएका हुन् ।
वर्षाका कारण दिल्लीसहितका भारतीय प्रान्त प्रभावित बन्न पुगेका छन् । वर्षापछिको बाढीपहिरोबाट अति प्रभावित उत्तराखण्डमा ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर