Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

उपेन्द्रको अनुपस्थितिमा एजेन्डामै प्रवेश गरेनन् सत्तारुढ गठबन्धनको बैठक

प्रतिक्षा खबर
२०८१ चैत्र १२, मंगलवार १९:५८

काठमाडौँ, चैत १२ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नगएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठक अघि बढ्न सकेन। सत्तारूढ दलको बैठक मंगलबार दिउँसो बालुवाटार बोलाइएको थियो।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेता उपस्थित थिए।

तर उपेन्द्र यादवले कार्यव्यस्ता कारण आउन नसक्ने खबर पठाएपछि बैठक एजेन्डामै प्रवेश नगरेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्।

‘उपेन्द्र यादव नआएकाले बैठक अघि बढेन। बैठक बस्नासाथ सकिएकाले अरू विषयहरू पनि उठेन,’ उनले भनिन्। उनका अनुसार सत्तापक्षीय दलको बैठक बुधबार बिहान ११ बजे पुनः बस्नेछ। जनता समाजवादी पार्टी नेपालले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशमा विरोध जनाइरहेको छ। भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने उसको अडान कायमै छ।

सरकारले भूमिसम्बन्धी अध्यादेश संसदको कार्यसूचीमा राखेको छैन। बाँकी पाँच अध्यादेश प्रतिनिधि सभाबाट पारित भइसकेका छन् भने राष्ट्रिय सभामा विचाराधीन छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर