• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश नम्बर–२ मा साईकल खरिद प्रकरण : यस्तो छ सत्यतथ्य


प्रदेश नम्बर–२ मा साईकल खरिद प्रकरण : यस्तो छ सत्यतथ्य

२० असोज । प्रदेश नम्बर २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको लागि गरेको साईकल खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । साईकल खरिद प्रक्रियामा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा हानेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि नेपाली राजनीति नै तरंगित बनेको छ ।
तर, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारले भने साईकल खरिद प्रक्रियामा कुनै अनियमितता वा भ्रष्टाचार नगरेको बरु राजनीतिक रिसिईबी साँधेर यस्तो आरोप लगाईएको स्पष्टीकरण दिईसकेका छन् । उनले यो प्रकरणमा आफूहरु अख्तियारलाई छानबिनको लागि सघाउन पनि तयार रहेको उनको सार्वजनिक अभिव्यक्ति छ । तर, प्रोपोगाण्डा मच्चाउनको लागि छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा हानिएकोमा भने उनले आक्रोश पोख्दै आएका छन् ।
मुख्यमन्त्री राउतले छापा हानिएकै दिन पत्रकार सम्मेलन गरेर उक्त प्रकरणलाई राजनितीक षडयन्त्र गरि चरित्र हत्या गर्ने दुषित मनसायले फैलाइएका झुट्टा र भ्रामक अफवाहको संज्ञा दिएका थिए ।
प्रदेश नम्बर २ को सरकारले शिक्षा सुरक्षा र सशक्तिकणको माध्यामबाट प्रदेश २ मा जन्म लिएका छोरीहरुलाई सम्मानपुर्वक बाच्न पाउने संबैधानिक अधिकारलाई सुनिश्चित् गर्न प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान संचालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत साईकल वितरण, छात्रबृत्ति बितरण र लोकसेवाको तयारी कक्षा संचालनलगायतका अन्य कार्यक्रमहरु संचालनमा आएका छन । सरकारको उक्त कार्यको प्रदेश नम्बर २ मा मात्रै नभएर सिंगो देशभिर नै प्रशंसा हुँदै आएको छ ।
सरकारले साईकल वितरण कार्यक्रमलाई निकै गम्भीरताका साथ अघि बढाएको थियो । जसअन्तर्गत जम्मा ३७ हजार २ सय ३८ थान साईकल खरिद गरिएकोमा ३३ हजार थान साईकल सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई बितरण गरिसकिएको प्रदेश नम्बर २ को सरकारले जनाएको छ।
‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साईकल खरिद गर्दा प्रचलित खरिद कानून पुर्ण रूपमा पालना गरी प्राबिधिकबाट तयार गरिएको स्पेशिफिकेशन र लागत अनुमानका आधारमा बिद्युतीय माध्यामबाट बोलपत्र आव्हान गरी प्राविधिक मुल्यांकन प्रतिबेदनबमोजिम न्यून मुल्यांकित र सारभुत रुपमा प्रभावकारी देखिएको बोलपत्र स्वीकृत गरी खरिद कार्य अगाडी बढाईएको समेत सरकारले स्पष्ट पारेको छ ।
खरिद गरिएको साईकलको मुल्य प्रचलित बजार मुल्यभन्दा कम रहेको समेत सरकारको दाबी छ । आ.व. २०७५/७६ मा प्रति साईकल रु. ७,१९७।०० को तुलनामा आ.व. २०७७/०७८ मा श्री ओम सत्य साई प्रा.ली. संग २०७७ मङसिरमा रु. ६,४४१।०० मा खरिद सम्झौता भई साईकल आपुर्ति भैसकेको पनि सरकारले जनाएको छ ।
खासमा साईकल खरिदमा मूल्य वृद्धि हुनुमा विभिन्न कारण रहेको समेत मुख्यमन्त्री कार्यालयले जनाएको छ । सामुदायिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत सबै छात्राहरुलाई साईकल बितरण गर्नुपर्ने अवस्था आएको हुँदा पछि थप १० हजार थान साईकल बिद्युतीय माध्यमबाट बोलपत्र आव्हान गरी स्यानो ईन्टरनेशनलसंग प्रति साईकल रु. ७,४७५।०० (मु.अ. करबाहेक) मा खरिद सम्झौता भएको जनाईएको छ । यसमा अगाडीको तुलनामा प्रति साईकल मुल्य केही बढेको देखिएतापनि स्वीकृत लागत अनुमानभित्र रहेको दाबी गरिएको छ ।
मूल्य बढ्नुमा प्राविधिक स्पेशिफिकेशनमा साईकलको नेट कुल तौल १९ के.जी. उल्लेख भएको, उत्पादक कम्पनीको ब्राण्ड अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ब्यवस्था गरि स्पेसिफिकेशन स्तरीय बनाईएको तथा अन्तर्राष्ट्रिय बजारमा फलामको मुल्य ४० प्रतिशत भन्दा बढी बढेको एवं कोभिड–१९ का कारण कम्पनीहरुको लागत मुल्य समेत बढन गएकोले मुल्यमा फरक आएको जनाईएको छ ।
बोलपत्र आह्वान संघिय सरकार मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–पोर्टलमा गरिएको हुँदा यसमा बोलपत्रदाताहरुले बजारको अवस्था र सामानको उपलब्धता समेतका आधारमा खुला रुपमा मूल्य उल्लेख गर्ने भएकोले यसमा कार्यालयको कुनै प्रकारको संलग्नता नरहेको समेत मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ ।
आ.व. २०७७।०७८ मा खरिद भएको साइकलको पहिलो र दोश्रो खरिदको मूल्य दरको भिन्नता

पहिलो टेण्डर
Package No: OCMCMS2/NCS/Goods/077/078-01
Qnty. Unit: 17238 Nos
(कार्यालयको स्विकृत लागत अनुमान र Technical Specification हेभि ईक्युपमेन्ट डिभिजन, जनकपुरको मेकानिकल ईन्जिनियरद्वारा तयार गरिएको रु. ७७००।०० प्रति थान मु.अ. कर बाहेकको दरले जम्मा रु. १३,२७,३२,६००।००)

दोश्रो टेण्डर
(कार्यालयको स्विकृत लागत अनुमान र Technical Specification हेभि ईक्युपमेन्ट डिभिजन, जनकपुरको मेकानिकल ईन्जिनियरद्वारा तयार गरिएको रु. ७७००।०० प्रति थान मु.अ. कर बाहेकको दरले जम्मा रु. ७,७०,००,०००।००)
सि.नं. कबोलदाताको नाम प्रति थान कबोल मुल्य (मु.अ. कर बाहेक) जम्मा सम्झौता रकम सप्लाई गरिने साईकलको कम्पनिको नाम सि.नं. ठेकदारको नाम प्रति थान कबोल मुल्य (मु.अ. कर बाहेक) जम्मा सम्झौता रकम सप्लाई गरिने साईकलको कम्पनिको नाम
१. ओम सत्य साई प्रा.लि., पर्सा, नेपाल ५,७००।०० ९,८२,५६,५४८।९० अम्बिका, भारत १. ओम सत्य साई प्रा.लि., पर्सा ७,५००।०० ७,५०,००,०००।०० प्रिन्स, भारत
२. सान्यो ईन्टरनेशनल जे.भि., काठमाण्डौ ७,५७६।०० १३,०५,७७,८५०।०० प्रिन्स, भारत २. सान्यो ईन्टरनेशनल जे.भि., काठमाण्डौ ७,४७५।०० ७,४७,५०,०००।०० हाई ईन्ड ब्राण्ड, भारत
३. द डिजाईनर्स नेपाल जे.भि. भरतपुर ६,८३१।०० ११,७७,३५,५४०।०० एभोन, भारत ३. म्याप हेलिक्स जे.भि., काठमाण्डौ Non responsive Non responsive Failed in technical response
४. म्याप इन्टरप्रिन्युर्स, काठमाण्डौ ६,१५०।०० १०,५९,९६,४६२।०० वेगा बाइकस, भारत NOTE : सान्यो ईन्टरनेशनल प्रा.लि. ले कार्यालयको लागत अनुमान भन्दा ३% कम लागतमा बोल कबोल गरेकोले निजसंग सम्झौता गरिने निर्णय गरियो ।
५. बिकास जेनरल ट्रेडिङ, जनकपुर ८५०१।०० १४,६५,२३,४६२।०० Benlui
NOTE: ओम सत्य साई प्रा.लि. ले कार्यालयको लागत अनुमान भन्दा २६% कम लागतमा बोल कबोल गरेकोले निजसंग सम्झौता गरिने निर्णय गरियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२० आश्विन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२० आश्विन २०७८, बुधबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२० आश्विन २०७८, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२० आश्विन २०७८, बुधबार
Next Post
जनता समाजबादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको मुख्यमन्त्री राउत

जनता समाजबादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh