Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

उपराष्ट्रपति चुनावको सन्देश : प्रचण्डलाई सजिलो छैन सत्ता सम्हाल्न

प्रतिक्षा खबर
२०७९ चैत्र ३, शुक्रबार २२:२९

३ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
३० हजार ३२८ मतभार पाएर यादव उपराष्ट्रपति निर्वाचित हुँदा एमालेकी शाक्यले १६ हजार ३२८ र जनमत पार्टीका झाले २ हजार ५३७ मत पाइन् । जसपाकै प्रमिला यादवलाई एक जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।
एमालेकी शाक्य बाहेक अरु उम्मेदवार सत्तारुढ गठबन्धनका नेताहरु हुन् । तर सत्तारुढभित्र ठूला दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाकै मत पाएर रामसहाय उपराष्ट्रपति निर्वाचित भए । प्रमिलाले उम्मेदवारी दिए पनि रामसहायलाई नै समर्थन गरिसकेकी थिइन् ।
जनमत पार्टीकी ममताले पनि राम्रै मत ल्याइन् । १२४२ मतभार रहेको जनमतकी ममतालाई साना दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले खुलेर समर्थन जनाएका थिए । शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ममतालाई मत दिने निर्णय लिएको थियो । तर यी दलहरुका सबै सांसदको मत ममतालाई गएन ।
किनकि रास्वपा बाहेक लोसपा, नाउपा र जनमत पार्टीका सबै सांसदको मतभार २ हजार ८३४ हुन्छ । लोसपासँग ८२७, नाउपासँग ७६५ र जनमतसँग एक हजार २४२ मतभार छ । यसमा रास्वपाको एक हजार ५८० मतभार थप्ने हो भने ममताले ४ हजार ४१४ मतभार पाउनुपर्थ्याे । तर त्यसको आधा पनि ममताले पाइनन् ।
यसको साटो एमालेकी शाक्यले पार्टीको भन्दा १ हजार ४७ मतभार बढी पाइन् । एमालेको पार्टी मतभार १५ हजार २८१ मात्रै रहेकाले सत्तारुढ गठबन्धनबाटै मत गएको प्रष्ट हुन्छ । किनकि एमालेलाई मत दिने संभावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान प्रक्रियामै भाग लिएको थिएन ।
त्यसो हुँदा १० दलीय सत्ता गठबन्धनकै मत शाक्यले पाइन् । यो अवस्था आउनुको कारण भने सत्तारुढबीच उपराष्ट्रपतिबारे साझा मत बन्न नसक्नु हो । यदि एकताबद्ध निर्णय हुन्थ्यो भने राष्ट्रपतिमा रामचन्द्र पौडेलले पाएको मत रामसहायले पनि पाउन सक्थे ।
राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत पाउँदा रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत ल्याएर जितेका थिए । तर जसपाका रामसहायलाई स्वीकार्न सत्तारुढमै आवद्ध साना दलहरु तयार भएनन् । त्यहीकारण गठबन्धनबाटै एकभन्दा बढी उम्मेदवार बन्यो भने एमालेकी उम्मेदवारले मतभार बढाउने परिस्थिति सिर्जना भयो । यद्यपि, रामसहाय उपराष्ट्रपति निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनका सबैभन्दा ठूलो दल, कांग्रेसका महामन्त्री गगन थपा आफूले उपराष्ट्रपतिमा एउटै उम्मेदवार तय गरेर सकारात्मक सन्देश दिन नसकेको स्वीकार्छन् । तर यही कारण सरकार सञ्चालनमा समस्या नआउने उनको दाबी छ । ‘उपराष्ट्रपतिको चुनावमा उम्मेदवार एउटा बनाउने हाम्रो कोसिस रह्यो । तर सरकार, सरकारको निरन्तरता र विश्वासको मत दिने कुरामा हामी एक ठाउँमा रहन्छौं’, महामन्त्री थापा भन्छन् ।
तर सत्ता गठबन्धनका १० दललाई एकठाउँमा जुटाइराख्न सजिलो नरहेको सन्देश उपराष्ट्रपतिको निर्वाचनले दिएको छ । किनकि खुलेरै दुई धारमा मत विभाजन भएको छ । यसको असर मन्त्रिपरिषद् विस्तारमा नै देखिन सक्छ ।
त्यसलाई बुझेरै हो, प्रधानमन्त्री प्रचण्डले तत्काल विश्वासको मत लिने, अनि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने नीति लिएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने बताएका छन् । ‘विश्वासको मत ६ गते लिने भनिएको छ । त्यसको ३/४ दिनमा सरकारलाई पूर्णता दिन्छु’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले भनेजस्तो सजिलै मन्त्रिपरिषद् विस्तार हुने देखिंदैन । त्यसै पनि मन्त्रालय भागबण्डा मिलाउन कठिन छ । २१ वटा मन्त्रालय १० दललाई भागबण्डा गर्नु छ । त्यसमाथि रोजाइको मन्त्रालय नछोड्ने दलहरुको दाबी छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री नपाउने दलहरुले रोजाइको मन्त्रालय पाउनुपर्ने दाबी सत्तारुढकै नेताहरुले गरिरहेका छन् । ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन् । उनले रोजाइ (गृह) सहित ३ वटा मन्त्रालय पाउनुपर्ने उनको तर्क छ ।
जबकि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई अर्थ मन्त्रालय दिएर गृह आफैंसँग राख्न चाहेका छन् । प्रचण्डको चाहनालाई एकीकृत समाजवादीले रोक्न खोजेको देखिन्छ । शुक्रबार उपराष्ट्रपति चुनावलगत्तै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच नयाँबानेश्वरस्थित संसद भवनमै छलफल भएको थियो । स्रोतका अनुसार, त्यो छलफलमा प्रधानमन्त्रीले लिने विश्वासको मतदेखि मन्त्रिपरिषद् विस्तारबारे समेत कुराकानी भएको छ ।
संसद र सत्ता गठबन्धनकै ठूलो दल कांग्रेसले अर्थ, रक्षा मन्त्रालयसहित १० मन्त्रालयमा दाबी गरेको छ । कम्तीमा यसअघि एमालेले पाएको मन्त्रालय संख्या (८) बाट घट्न नसक्ने उनीहरुको अडान छ । यसअघि भागबण्डामै चित्त नबुझाएर सरकारमा सहभागी नभएको जसपाले पनि सम्मानजनक मन्त्रालय दाबी गरिरहेको छ ।
यस्तो अवस्थामा उपराष्ट्रपति चुनावले बनाएको धार (साना दलहरु) सम्हाल्न प्रधानमन्त्री प्रचण्डलाई सजिलो नहुन सक्छ । किनकि जनमत पार्टीका नेताहरुले जसपालाई उपराष्ट्रपति दिए उपप्रधानसहित २ मन्त्रालय आफ्नो दलले पाउनुपर्ने अडान बैठकमै राखेका छन् । लोसपा, नागरिक उन्मुक्ति लगायतसाना दलहरुले पनि सरकारमा बलियो हिस्सेदारी खोजेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर