Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे जनकपुर एयरपोर्टमा भव्य स्वागत

प्रतिक्षा खबर
२०७८ आश्विन १०, आईतवार १०:३१

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रदेश कमिटीको समायोजन घोषणा गर्ने भएका छन् ।पूर्व राजपाबाट आएकाहरुलाई प्रदेश कमिटीमा समायोजन गर्ने सम्पूर्ण तयारी भइसकेको प्रदेश कमिटीका अध्यक्ष विजय कुमार यादवले बताए ।‘वर्तमान प्रदेश कमिटीको अन्तिम बैठक शनिवार सम्पन्न भएको छ । समायोजनपछि नयाँ कमिटीको बैठक हुनेछ । समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्नेछन् ।
जसपाको संशोधित बिधान अनुसार प्रदेश कमिटीमा अब १सय ५० जना रहनेछन् ।११ जना पदाधिकारीको संख्यालाई बढाएर १५ जनाको संख्या पुरयाइएको छ ।समायोजन भनिएपनि पूर्व राजपाको प्रदेश कमिटी नरहेकाले नेताहरुले गर्ने सिफारिस अनुसारका व्यक्तिहरुलाई समावेश गरिनेछ । जसपाका अध्यक्ष उपेन्द्र यादव ४ दिनसम्म जनकपुरधाममा रहनेछन् ।उनले जलेश्वरमा जितिया महोत्सवमा समेत सहभागि हुनेछन् । जसपाको आइतवार हुने कार्यक्रमकै समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेताको चयन हुनेछ ।जसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् ।नेकपा एकिकृत (समाजवादी)पनि चाँडै सरकारमा सहभागि हुने भएको छ । सरकार बाहिर रहेको नेकपा एमालेको ८ जना मात्र सभासद रहेकाले १६जना सभासद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ । अध्यक्ष यादवकाे स्वागतमा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पुर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहा, हरिनारायण यादव ,विद्यार्थी नेता सत्रुधन यादव,लगायत दर्जनाै नेता कार्यकर्ताहरुको उपस्थित थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर