Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

अमेरिकाले अफगानिस्तान मामिला कतारबाट हेर्ने

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार १४:१३

१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् ।
उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् ।
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी सेनाले अन्तिम उडान पूरा भइसकेको छ र हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । जसमा हामी आफ्नो कूटनीतिबाट अघि बढ्छौं । सैनिक अभियान पूरा भएको छ । एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’
ब्लिन्केनका अनुसार अफगानिस्तानबाट एक लाख २३ हजार मानिसको सुरक्षित उद्धार गरिएको छ । जसमा ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए ।
‘आजबाट हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावासलाई दोहा लगिएको छ । हामी यस विषयमा छिटै नै संसद्लाई पनि जानकारी दिनेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई नियाल्दै गरिएको यो एक समझदारीपूर्ण कदम थियो’, ब्लिन्केनले भनेका छन् ।
एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर