Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

महत्वपूर्ण एजेन्डा सहित उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७८ जेष्ठ २३, आईतवार १९:४७

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समितिको बैठक आयोगको सभाहलमा सम्पन्न भएको छ | तराई-मधेश तथा मधेशी संग सम्बन्धित विभिन्न समसामयिक विषयमा आज छलफल भएको थियो | सो बैठकमा निम्न विषयहरुमा गहन तथा फलदायी छलफल भएको थियो :
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी द्वारा चलाइएको गोलि बाट एक युवक को मृत्यु भएको सम्बन्धमा,
चुरे संरक्षण र तीव्र रुपले दोहन भइरहेको,
शव व्यवस्थापन मा समस्या आउने गरेको,
निजि स्वास्थ्य संस्थाहरुको मनोमानी,
सामुदायिक, सामाजिक र धार्मिक सम्बन्ध बिग्रिन सक्ने,
विद्यार्थीहरुमा मनोवैज्ञानिक तनाव सिर्जना,
कृषिको लागि बजार व्यवस्थापन हुन् नसकेको,
अक्सिजन र बेडको व्यापक समस्या र औषधिको कालोबजारी,
धरेलु हिँसा बढ्दै गएको जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो |
माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले औषधिको कालाबजारी गर्ने, अक्सिजन र बेड लुकाउने, उपचारको नाममा चर्को पैसा असुल्ने जस्ता कार्यहरुलाई रोक्न तथा जनतालाई उपचारको लागि सहज वातावरण सिर्जना गरिदिन आवश्यक निर्देशन तथा सल्लाह दिएका थिए |
सो बैठकमा आयोगका श्रीमान सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो |
आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गरि आफ्नो समस्या टिपाउन सक्नु हुनेछ”

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर