नागेन्द्र कुमार यादव
प्रतीक्षा खबर,रामगाेपालपुर
महाेतरीकाे सदरमुकाम जलेश्वरमा जनता समाजवादी पार्टीद्वारा विराेध जुलुस प्रदर्शन गरेका छन । महोत्तरीको सदरमुकाम जलेश्वमा विभिन्न पालिकाबाट अाएका राजनेतिक कार्यकर्ता र जनताहरुले अाज जिल्लाकै सदरमुकाममा अाफनाे शक्ति प्रदर्शन गरि बिराेध जुलुस निकालिएकाे छ । जनता समाजवादी पार्टीले घाेषना गरेकाे कार्यक्रमअनुसार २गते महाेतरीकाे विभिन्न स्थानिय तह औरही नगरपालिकाको औरही,रामगाेपालपुर नगरपालिकाकाे रामगाेपालपुर,साेनमा गाउँपालिका वडा नम्बर ५देखि ३ रघुनाथपुर र सम्सि गाउँपालिकाकाे सम्सिलगायत विभिन्न पालिकाहरुमा मसाल जुलुस समेत निकालेकाे थियाे ।त्यस्तै जसपाले निर्धारण गरेकाे कार्यक्रम अनुसार विभिन्न पालिकाबाट जनतालाइ उतारी सदरमुकाम जलेश्वरमा विराेध जुलुस निकालिनुपर्नेरहेकाेले अाज विराेध जुलुस निकालिएकाे हाे ।
गत कात्तिक १० गते विजयादशमीको दिन राति ११ बजे केही व्यक्तिहरुद्वारा सामुहिक रुपमा मटिहानीका मेयर, जिल्ला समन्वय समितिका सदस्य र एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमणको प्रयार भएको र उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनद्वारा उल्टै हरि प्रसाद मण्डल लगायत जि.स.स. सदस्य, वडा अध्यक्ष, सदस्यहरु माथि झुठा मुदा दायर गरिएको घटनाको विरोधमा जुलुस प्रदर्शन गरेको जनता समाजवादी पार्टीका नेता एवम् जुलुसका नेतृत्वकर्ता समाजवादी पार्टीका नेता एवम भुपु संचार मन्त्री राज किशाेर यादव प्रतीक्षा खबरकर्मी लाई जनाएका छन् ।
प्रदर्शनकारीहरु भ्रष्ट सरकार मुर्दावाद, जनविरोधी सरकार मुर्दावाद, ओलि सरकार चाहिदैन, विभेदकारी सरकार मुर्दाबाद, झुठा मुदा फिर्ता गर लगायतका नारा लगाउदै हाथमा पार्टीका झन्डा र बिराेध बैनर लिइ जुलुसमा उत्रेका थिए । जलेश्वर बजारको परिक्रमा गरि कोणसभा गरेर समपन्न भएको छ । जसपाका नेता एवम महाेतरी क्षेत्र नम्बर ४,क,काे प्रदेश सांसद काैशल कुमार यादवले यो दाेस्राे चरणको आन्दोलन रहेको र सरकारे नगरप्रमुख हरी मण्डलमाथि लगाएकाे झुठा मुदा फिर्ता नलिएपछी अाजकाे बैठकपछि अर्काे चरणबद्ध आनदोलन गर्न बाध्य हुने बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग समेत गरिएको छ । जुलुसमा जसपा नेपालका विभिन्न पालिकाका पालिका प्रमुख ,नगर संयाेजक,पार्टीका कार्यकर्ता लगायत विभिन्न क्षेत्रका सांसद र प्रदेश सांसदहरुलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियोे ।










































































































