Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

धनुषाको महेन्द्रनगरमा विद्यार्थीमा आक्रमण

प्रतिक्षा खबर
२०७७ चैत्र ३१, मंगलवार २०:४८

रेडियो स्वागतम
महेन्द्रनगर, चैत ३१ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा आज सहभागि विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा गेटमा एकजना विद्यार्थीमाथि आक्रमण भएको छ । आक्रमणमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ ईच्छापुरका १६ वर्षीय विद्यार्थी उमेश दास घाइते भएका छन् । घाईते विद्यार्थी दासको महेन्द्रंनगरस्थित हेल्थ केयरमा उपचार भईरहेको सो विद्यालयका एक शिक्षकले बताएका छन् । विद्यार्थी दासको टाउको फुटेको र ४ वटा टाँका लगाइएको स्रोतले बताएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर उच्च माध्यमिक विद्यालयका खेल मैदानमा भइरहेको तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा ईच्छापुर माविका विद्यार्थीहरु राम्रो खेल प्रर्दशन गर्दै उपाधि जितेको छ । उपाधि जितेर मैदान बाहिर निस्कने क्रममा गेटमा विद्यार्थी दास माथि ५÷६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आक्रमण गरेको विद्यालयले जनाएको छ । स्थानीय क्षीरेश्वर उच्च मावि र शारदा बोर्डिंग स्कुलका ५÷६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आफ्नो स्कुलका विद्यार्थी जितेको हेर्न नसकेर खेलाडी विद्यार्थी दास माथि आक्रमण गरेको पीडित विद्यार्थीलाई उदृत गर्दै मा. वि. ईच्छापुरका एक शिक्षकले बताएका छन् ।
यता यस घटना विषयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी भएपनि सुचना दिन मानेको छैन् । विद्यार्थी माथि आक्रमण भएको घटना आफुलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको ईन्सपेक्टरको मोबाइल नं. ९८५४०९००७२ मा फोन गरेर सूचना लिन खोज्दा आफुलाई जानकारी नभएको र बुझैछु भने जवाव दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर