Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिइयाे

प्रतिक्षा खबर
२०७७ आश्विन २१, बुधबार १८:१५

प्रतिक्षा खबर
काठमाडौं, असोज २१ गते
सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षण सञ्चालन गर्न सैद्धान्तिक अनुमति प्रदान गरिएको जानकारी दिए ।
यस्तै, सरकारले व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढीकाे सहभागिता नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।
यस्तै, विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता ज्ञवालीले बताए । यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष र एक जना महिलासहित अन्य दुई जना सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ.इको. एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर