Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार १४:४७

जनकपुरधाम : हुलाकी सडकको जनकपुर–कमला खण्ड निर्माणको म्याद सकिए पनि काम पूरा हुन सकेको छैन । गत असारसम्म सडक बनाइसक्नुपर्ने म्याद थियो । तर, हालसम्म आधा मात्रै काम सकिएको हो ।

उक्त सडक तीन चरणमा निर्माण भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरका अनुसार ३० दशमलव ५८ किलोमिटरमध्ये हालसम्म ११ किमी मात्र कालोपत्र भएको छ । पहिलो चरणमा कदमचोक–कपटौल हुँदै तिनकौरियासम्म १२ किमी र दोस्रो चरणमा १३ किमी गरी २५ किमी कालोपत्र र नाला निर्माण गर्न सडक लामा/रमण कन्स्ट्रक्सन कम्पनी जेभी र निर्देशनालयबीच २०७३ असार ३१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ असारसम्म निर्माण सक्नुपर्ने थियो । एक वर्ष म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।

तेस्रो चरणमा तिनकौरिया–लगमा–सघारा हुँदै कमला पुलसम्म ५ दशमलव ५८ किमी सडक बनाउन ढुकुचु कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । कम्पनीले २०७४ असार ३० देखि २०७५ पुस मसान्तसम्म काम पूरा गर्नुपर्ने सम्झौता थियो । काम पूरा नहुँदा २०७६ असोज मसान्तसम्म म्याद थपिएको थियो । थपिएको म्याद नाघिसक्दासमेत निर्माण सुस्त छ । सडकको निर्माण लागत ७० करोड ७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

जनकपुर–कमला हुलाकी सडक खण्डको हालसम्म ५५ प्रतिशत मात्र काम भएको हुलाकी सडक कार्यालय जनकपुरका प्रमुख राजेन्द्र दासले बताए । पहिलो पटक थपिएको ६ महिनाको म्याद गत असोजमा सकिएपछि एक वर्ष म्याद थप्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘निर्माण सुस्त छ,’ उनले भने, ‘स्थानीयको विरोध, विद्युत् पोल सार्न ढिलाइ, निर्माण सामग्री अभावलगायत कारणले निर्माण सुस्त भएको हो ।’ उनले गाउँ क्षेत्रमा घर र सडकमा रहेको विद्युत् पोल समयमा खाली नहुँदा निर्माणमा प्राविधिक समस्याआएको बताए ।

सडक निर्माण सुस्त हुँदा कम्पनीको भुक्तानीसमेत रोकिएको दासले बताए । जनकपुरसँग धनुषाको पूर्वी गाउँ जोड्ने हुलाकी सडक सिरहा सदरमुकाम जोड्ने छोटो बाटो पनि हो । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण भारत क्षेत्रबाट जनकपुर आवतजावत गर्न बाध्य छन् । हुलाकी सडकअन्तर्गत सर्लाहीको नवलपुर–मलंगवा सडकको काम समेत पूरा हुन सकेको छैन । नवलपुर–गैर र गैर–मलंगवा गरी दुई खण्डमा काम भइरहेको सडकको काम पूरा हुन नसकेको हो । पहिलोपटक भएको सम्झौताअनुसार २०७५ असोज मसान्तसम्म काम पूरा नहुँदा २०७६ भदौ २४ गतेसम्म म्याद थप भएको थियो । तर, काम सकिएको छैन ।

गैर–मलंगवा खण्डको काम पूरा भए पनि नवलपुर–गैर खण्डको गैरचोकमा काम अधुरो छ । जनकपुर–जलेश्वर–भिठ्ठामोड १८ किलोमिटर ५ सय मिटर सडकखण्डको पनि काम सुस्त छ । वर्षा हुँदा जनकपुर–जलेश्वर सडक खण्डमा आवतजावत नै बन्द हुने गरेको छ । साभारःकान्तिपुर अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर