Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

पूर्वमन्त्री यादव सहित ८ जना जसपा नेपालबाट निष्कासित

प्रतिक्षा खबर
२०८२ माघ १४, बुधबार १९:२२

जनकपुरधाम, १४  माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री समेत रहेका हरिनारायण यादव सहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित प्रदिप यादव (पर्सा) , चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको क्रममा हरिनारायण यादव महोत्तरी क्षेत्र नं. ३ बाट आधिकारिक उम्मेदवार डा. मिनाक्षी ठाकुर विरुद्ध स्वतन्त्र बाट उम्मेदवारी दिएको छ । उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

उम्मेदवारी दर्ताको एक साता भन्दा बढी समय बितिसकेपछि जसपा नेपालले यादव लगायतलाई आज कारबाही गरेको विज्ञप्ति निकालेको हो

उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरीत कार्य गरेकोले आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर