Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

अस्थिरताका खेलाडी प्रचण्ड,राजनीति झन झन अविश्वसनीता

प्रतिक्षा खबर
२०७९ फाल्गुन १३, शनिबार १९:०८

१३ फागुन, काठमाडौं । पुस १० गते बालकोटको बार्दलीमा निस्किएर हात हल्लाउँदै चुनावी गठबन्धन फेरिएको र नयाँ गठबन्धन बनेको जनाउ दिएर प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल प्रचण्ड । तिनै प्रचण्डले दुई महिना नबित्दै त्यो गठबन्धन पनि भत्काएका छन् ।
स्थानीय तह, प्रदेश र संघको चुनाव हुँदाको गठबन्धन प्रधानमन्त्री पदमा पुग्दा थिएन भने प्रधानमन्त्री पदमा हुँदा भएको गठबन्धन राष्ट्रपति चुनावको उम्मेदवारी दर्तामा आइपुग्दा टुटेको छ ।
यसको अर्थ नेपाली राजनीतिमा सहमति, सम्झौता र गठबन्धनको कुनै नैतिक मूल्य छैन र यसमा कसले कसलाई धोका दियो भनेर अभिलेख राख्न समेत असम्भव हुने अवस्था बननेको छ । नेपालको राजनीति हिजो पनि अविश्वसनीय नै थियो तर प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले संसदीय बहुमतका लागि संख्यात्मक महत्व राख्ने तेस्रो स्थान प्राप्त गरेपछि यो झनै अविश्वनीय बन्दै गएको छ ।
विचार, सिद्धान्त र नैतिकताको जलप नेपाली राजनीतिमा खुइलिँदै गएको धेरै भएको थियो तर अब आएर यो खुल्लमखुल्ला जुवाको खाल भएको छ, जहाँ निष्ठा, नैतिकता होइन, जित र हारले मात्रै अर्थ राख्छ ।
दुई महिनाअघि प्रचण्डले प्रधानमन्त्री हुन किन बालकोटको समर्थन खोजेका थिए भन्ने सार्वजनिक जानकारीमा छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि सहमत नभएपछि उनी संसदीय गणित र देशको राजनीतिक आयतनमा बलियो प्रभाव राख्ने अर्को दल नेकपा एमालेको साथ माग्न गएका थिए ।
तर, यस पटक प्रचण्डले किन गठबन्धन परिवर्तन गरे भन्ने समयक्रममा खुल्दै जाला । उनको ‘राष्ट्रिय सहमतिको राष्ट्रपति’ कथन जति सहज र कर्णप्रिय सुनिन्छ, यसको अन्तर्य भने भिन्न छ । उनको कथनले गठबन्धन परिवर्तन गर्नुपर्ने सम्मको औचित्य सिद्ध गर्दैन । उम्मेदवारी दर्तासम्म आइपुग्दा प्रचण्डको नारा नराम्ररी पराजित भइसकेको छ । सहमतिबिनै पनि राष्ट्रपति पदमा मुलुकले दुई अनुभवी, मध्यमार्गी र तुलनात्मक रुपमा नैतिक मूल्यमा उभिने राजनीतिकर्मी रामचन्द्र पौडेल र सुवास नेम्बाङलाई उम्मेदवारका रुपमा पाएको छ ।
प्रचण्ड–ओली दुई महिनाको हिमचिममा नलुकेको पक्ष के हो भने फराकिलो जनाधार सहित, करिब एकल नेतृत्वमा चलेको एमाले वृत्त र एकल नेतृत्वमै चले पनि खुम्चदै गएको माओवादी राजनीतिमा यी दुई चालकबीच बोली र व्यवहार मात्रै होइन, हाउभाउ र मनोविज्ञान समेतमा मिलाप नभएकै हो । नत्र न्यूनतम साझा कार्यक्रम जस्तो दस्तावेज सार्वजनिक गर्दा को कसरी बोल्यो र बस्ने ठाउँको प्रबन्ध कसरी गरियो भन्ने कुराले यति गहिरो अर्थ राख्ने थिएन ।
त्यसबाहेक संसद विघटनको औचित्य पुष्टि गर्न खोजेर ओलीले प्रचण्डलाई संसदमै उनको सीमा सम्झाउन खोजेकै हुन् । लामो राजनीतिक टकराव र शक्ति संघर्ष बेवास्ता गरेर प्रधानमन्त्री हुन पाइन्छ भन्ने नाममा बालकोट जान तयार प्रचण्डले त्यसबेलै सम्झनुपर्ने बिषय थियो यो ।
गएको निर्वाचनमा जनता सामु गरेका वाचाको दृष्टिले पनि जस्ता सुकै गठबन्धन गर्न दलहरुलाई अनुमति दिदैनथ्यो । राष्ट्रवाद र समृद्धिको लक्ष्य बोकेको एमाले, लोकतन्त्र र संविधान रक्षालाई एजेण्डा बनाएको कांग्रेस, अनि संघीयता र गणतन्त्रको स्वामित्व लिन अघि सर्ने माओवादीका आआफना सीमा हुनुपर्ने हो ।
त्यसबाहेक जान्नेलाई छानौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी, सुशासनलाई आमाको रगतसंग तुलना गर्ने राप्रपा अनि क्षेत्रीय रुपमा मतदाताले विकल्प ठानेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरुले चुनावमा गरेका वाचा र अहिले गरेको गठबन्धनबीच सम्बन्ध प्रष्ट्याउन मुश्किल पर्छ ।
प्रत्यक्ष र समानुपातिक रुपमा हुने हाम्रो चुनाव प्रणालीले अवस्यंभावी ठानेको गठबन्धन राजनीति विस्तारै मनपरीमा बदलिएको छ । सत्ता र शक्तिमा पुग्न चाहनु राजनीतिज्ञको चाहना स्वभाविक भएपनि अभ्यासले अब गठबन्धन साधन नभएर दलहरुको साध्य हुनपुगेको छ ।
यसको परिणाम राष्ट्रपति चुनाव, सरकार गठनमा समर्थन–विरोधको राजनीति झन् झन् अविश्वसनीय र मूल्यहिन हूँदै गएको छ । यसैपनि नैतिक र निष्ठाका दृष्टिले कमजोर नेपाली राजनीतिलाई छिन छिनका यस्ता मूल्यहीन गठबन्धनले थप अविश्वसनीय बनाइरहेको छ ।
यसमा धेरथोर जिम्मेवारी सबैको छ । तर, पछिल्ला गतिविधिमा सबभन्दा निर्णायक जिम्मेवारी नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डको छ । लोकतन्त्र र संविधान रक्षाका दृष्टिले यो चिन्ताको बिषय हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर