Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बिहारको मुख्यमन्त्री बन्दै नितिशकुमार, भोलि शपथ

प्रतिक्षा खबर
२०८२ मंसिर ३, बुधबार २०:३७

३ मंसिर, काठमाडौं ।  भारतको बिहार राज्यमा पुन: नितिशकुमार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

एनडीएको बैठकपछि नितिशकुमार अहिले राजभवनस्थित राज्यपाल (प्रदेश प्रमुख) समक्ष सरकार गठनका लागि दाबी पेश गर्न गएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नितिशकुमार १०औं पटक बिहारको मुख्यमन्त्री बन्न लागेका हुन् ।

शपथ ग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा हुनेछ ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्रीहरू समेत सहभागी हुनेछन् ।

यसअघि आजै एनडीए गठबन्धन घटक जनता दल युनाइटेड (जेडीयू) को बैठकले नितिशकुमारलाई संसदीय दलको चयन गरेको थियो ।

तर, गठबन्धनकै अर्को दल भारतीय जनता पार्टी (भाजपा) ले भने सम्राट चौधरीलाई संसदीय दलको नेता र विजय सिन्हालाई उपनेता चयन गरेको थियो ।

पछि गठबन्धनको बैठकमा भने मुख्यमन्त्रीमा नितिशकुमारकै नाममा सहमति भएको छ ।

हालै भएको बिहारको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले कूल २४३ सिटमध्ये २०२ सिट जितेको छ । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।

एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ । जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ ।

कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्‍यो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर