Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कोरोना संक्रमणबाट प्रदेश २ का थप ५ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १३:२१

प्रतिक्षा खबर

काठमाडौँ, भदौ २० गते ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्सा, काभ्रे, मोरङ, बुटवल र नवलपरासीका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।
विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।
यससँगै प्रदेश १ मा हालसम्म ३६ संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश १ का २४ र प्रदेश २ को १२ जना रहेका छन् । प्रतिष्ठानमा हालसम्म उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।
कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले जानकारी दिएका ।
अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका ३ गरी ५ जनाको मृत्यु भइसकेको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमित वृद्धको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले ग्रसित थिए।
योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या २७६ जना पुगेको छ । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर