Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

प्रदेश २ कृषि मन्त्रालयले थाल्यो वर्षात क्षति विवरण संकलन

प्रतिक्षा खबर
२०७८ कार्तिक ४, बिहीबार १८:१२

दुई दिनअघि भएको अबिरल वर्षा र हावाहरीबाट क्षति विवरण संकलनको कार्य प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले थालेको छ ।
बिहीबार मन्त्री विजय यादवले मन्त्रालयमा एक पत्रकार सम्मेलन आयोजना गरी कातिक १ र २ गते भएको अबिरल वर्षाले खेतीबाली, पशुपंक्षी र मत्स्य पालन लगायतमा आएको क्षति विवरण संकलन कार्य थालिएको जानकारी दिए ।
उनले भने प्रदेशमा धानबाली, तरकारी बाली, मत्स्य फार्म लगायतमा भएको क्षतिको विवरण संकलन गर्न माहातका निकायलाई पत्राचार गरिसकिएको छ । यकिन विवरण स्थानीय तहले नै संकलन गर्न सक्ने भएको हुनाले सहयोग गर्न आग्रह गरे
मन्त्री विजय यादवले तथ्यांक संकलन पछि प्रदेश सरकारले राहत घोषणा गर्ने बताए । उनले क्षति भएको तथ्यांक संकलन नभएसम्म राहत घोषणा गर्न नसकिने भएकोले वर्षा तथा हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न आठ वटै जिल्लामा थालिएको भने ।
मन्त्री यादवले यस प्रदेशको आठ वटै जिल्लामा करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएकोमा धानबाली भित्राउने समयमा वर्षाले क्षति भएको जानकारी समेत दिए ।
अहिलेसम्म पाएको सूचना अनुसार फाटफुट रुपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातहरु ढलेको जानकारी प्राप्त भएको उनले बताए ।
लाेकपुकार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर