Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार २१:५३

राजेश सिंह
गाैशाला, भदौ २० गते ।
महाेत्तरीकाे पिपरामा नियमित सप्ताहिक सरसफाइ अभियानको सुरु गरिएको छ । शनिबार पिपरा गाउँ पालिकाको वडा नम्बर ६ रतौलीमा नियमित रुपमा सप्ताहिक सरसफाइ अभियान सुरु गरिएको हाे ।
पुर्ण सरसफाइ कार्यक्रम अन्तर्गत रतौली युवा क्लवको सहजीकरण तथा W-WASH-CC रतौलिको आयोजनामा पिपरा गाउँ पालिकाको वडा नम्बर ६ रतौलीमा वडा अध्यक्षको अगुवाइमा वडाको ब्रहमस्थान मन्दिर परिसरबाट बर पिपलका बोटहरु वृक्षरोपण सहित स्वच्छ वातावरण निर्माणका लागि सार्वजनिक स्थलहरुको नियमित साप्ताहिक सरसफाइ अभियानको सुरु गरेको कार्यक्रम संयाेजक: महेश जाेशीले बताउनुभयो ।
GSF/UN-HABITAT को आर्थिक प्राविधिक सहयोग र रताैली युवा क्लब महोत्तरीकाे सहजीकरणमा महोत्तरी जिल्लाका तीन वटा स्थानिय तहहरुमा संचालित पुर्ण सरसफाइ कार्यक्रम अन्तर्गत गाैशाला नगरपालिकाबाट ७ वटा वडा, बलवा नगरपालिकाबाट ३ वटा वडा र पिपरा गाउँपालिकाबाट ३ वटा गरि जम्मा १३ वटा वडामा कार्यक्रम चलिरहेको र त्यही अनुसार नियमित रुपमा सप्ताहिक सरसफाइ अभियान सुरु गरिएको पुर्ण सरसफाइ कार्यक्रमका संयाेजक: महेश जाेशीले जनाउनुभयाे ।
यसैगरी जिल्लाकाे तीन वटै पालिकामा पुर्ण सरसफाइ कार्यक्रम लागू भएको हाे । यस कार्यक्रमले वडामा भएको प्रत्येक घरधुरीहरुलाई चर्पीकाे सुधार, चर्पी नभएको घरधुरीहरुलाई चर्पी बनाउनु पर्ने, हातधुने ठाउँ बनाउनु पर्ने, नियमित रुपमा सरसफाइ र साबुनपानीले हात धुनुपर्ने, भाडा सुकाउने चयाङ बनाउनु पर्ने, पानीलाई कुनै विधिबाट शुद्धिकरण गरि खानुपर्ने लगायत नियमित रुपमा सरसफाइमा ध्यान दिनुपर्ने कुरामा लागू हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर