Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

युवतीमाथि सामूहिक बलात्कार गर्ने एकजना पक्राउ

प्रतिक्षा खबर
२०७७ भाद्र ७, आईतवार १९:५३

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ७ गते
धनुषामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । यही १ भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेको खुलासा भएको हो ।
दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
युवती र उनीसँगै रहेका दुई जना दाजुलाई बाटोमा चारै जनाले जबर्जस्ती रोके । गाउँका अन्य साथीहरूलाई समेत बोलाएर दाजुलाई कुटपिट गरी गाउँबाट आएका अन्य साथीहरूलाई घर पठाई पालैपालो बलात्कार गरेकाे भने ।
घटनालगत्तै ती युवतीले प्रहरीलाई खबर गरेको डीएसपी मिश्रले बताए । उनका अनुसार अनुसन्धानका क्रममा पीडितले टिपाएको हुलियाका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा सनाखतका लागि ल्याइएको थियो ।
तीनीहरूमध्ये धनुषाधाम नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादवलाई पीडितले पहिचान गरी सनाखत गरेको उनले जानकारी दिए ।
यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनको भनाइ छ ।
घटना भएलगतै प्रादेशिक अस्पताल जनकपुरमा ती युवतीको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आइनसकेको डीएसपी मिश्रले बताए । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर