Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेस प्रदेश : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार २२:०३

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ
अहिले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारमा एकीकृत समाजवादी सामेल छ । सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।
स्रोतका अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको हो ।
कांग्रेसका प्रदेश सभा सदस्य श्याम पटेलका अनुसार जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा लगभग सहमति भइसकेको छ । त्यही सहमति अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोत बताउँछ ।
स्रोतका अनुसार नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने आन्तरिक सहमति भएको छ ।
अङ्कगणितले के भन्छ ?
सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर