Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेस प्रदेश : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८१ जेष्ठ १६, बुधबार २२:०३

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ
अहिले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारमा एकीकृत समाजवादी सामेल छ । सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।
स्रोतका अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको हो ।
कांग्रेसका प्रदेश सभा सदस्य श्याम पटेलका अनुसार जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा लगभग सहमति भइसकेको छ । त्यही सहमति अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोत बताउँछ ।
स्रोतका अनुसार नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने आन्तरिक सहमति भएको छ ।
अङ्कगणितले के भन्छ ?
सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर