Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण ३१, शनिबार १३:०५

सुरेश बिडारी
३१ साउन, वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल अन्तर्गत हेल्थ केयरमा १ सय २० बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा छ ।
नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र ३ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिन बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय पुरुष र बाराको कलैया–१२ का ४१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–६ माईस्थानका १९ वर्षीय युवक र ४० वर्षीया महिला, वीरगञ्ज–१५ भिश्वाका ३० वर्षीय पुरुष, वीरगञ्जकै २६ वर्षीय युवक, वीरगञ्ज–२० अपौनीका ११ वर्षका बालक, ३५ र ६५ वर्षीया महिला, वीरगञ्जकै ११ वर्षीय बालक र वीरगञ्ज–२ छपकैयाकी २६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
उच्च सरकारी वकिल कार्यालयका २८ वर्षीय युवक, स्वाबलम्बन लघुवित्त संघका सब म्यानेजर ५३ वर्षीय पुरुष, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका २८ वर्षीय युवक र पर्साको पर्सागढी नगरपालिका–८ हरपुरका २३ वर्षीय युवकको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर