Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी ,जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह

प्रतिक्षा खबर
२०८० फाल्गुन २२, मंगलवार २०:३४

सत्ता गठबन्धन फेरेपछि मधेशमा पनि सरकारको ढाँचामा फेरबदल हुने देखिएको छ ।
मधेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जनता समाजवादी पनि नयाँ गठबन्धनमा सामेल छ ।
पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेला मुख्यमन्त्री बनेका यादव केन्द्रमा सत्ता समीकरण फेरिएर नेपाली कांग्रेससहितको गठबन्धन बन्दा पनि मुख्यमन्त्रीमा निरन्तर रहे । नयाँ गठबन्धन बन्दा मधेशको मुख्यमन्त्री पद जसपाकै भागमा पर्ने वा नयाँ दलले लिने भन्नेबारे सत्ता गठबन्धनभित्र छलफल टुंगिसकेको छैन ।
जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी गर्छन् । यद्यपि नेताहरु केन्द्रमा सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले के निर्णय गर्छ भनेर प्रतीक्षामा छन् ।
माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलका नेता भरत साह भने मधेशमा पनि सरकारको नेतृत्वमा आलोपालो हुन सक्ने बताउँछन् । ‘केन्द्रमा आलोपालो नेतृत्वको निर्णय हुन्छ । अब कसले पहिले नेतृत्व गर्ने वा यथावत रहने विषय केन्द्रले नै टुंगो लगाउँछ । हामी केन्द्रको निर्णयको पर्खाइमा छौं’, उनले भने ।
मधेशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सांसद संख्या सरकार गठनका लागि पर्याप्त छैन । १०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, जसपा र माओवादी केन्द्रको ५१ सांसद मात्र पुग्छ ।
बहुमतको सरकारको लागि तीन सांसद अझै आवश्यक पर्छ । त्यसका लागि जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ ।
जनमत पार्टीले गठबन्धनमा सामेल हुन मधेशको मुख्यमन्त्री पद पाउनुपर्ने सर्त राखेको छ । जसपा पनि यही गठबन्धनमा रहेकाले जनमतको सर्त पूरा हुने सम्भावना नरहेको नेताहरु बताउँछन् ।
किनभने संघीय संसदमा जसपाका १२ र जनमतका ६ सांसद छन् । प्रचण्डले जसपालाई बाइपास गरी जनमतलाई मधेशको नेतृत्व दिन सक्ने सम्भावना कम रहेको जसपाका नेताहरु बताउँछन् ।
मधेशमा अहिलेकै मुख्यमन्त्री निरन्तर रहने र सरकारबाट कांग्रेस बाहिरिने र एमाले सहभागी हुने सम्भावना रहेको जसपा नेताहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर