Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

उपेन्द्र यादवलाई शरतसिंहको जवाफ : गलत काम गरेका छैनौं, आत्मग्लानि छैन

प्रतिक्षा खबर
२०७८ श्रावण ११, सोमबार १६:३८

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।
५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
पार्टीभित्र दुइटा विचार आएको र त्यसका आधारमा पार्टीको आधिकारिताको लडाइँ चलेको भन्दै उनले भने, ‘हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं ।’
केही नेताहरुले रातारात कित्ता परिवर्तन गरेको भन्दै उनले भने, ‘हिजोसम्म एउटा पक्षको बैठकमा सहभागी हुने, आज अर्कोतिर पुग्ने । यसको इतिहासले मूल्यांकन गर्छ ।
विभाजन कसैको माग नभएको उनले बताए । त्यसो भए उपेन्द्र यादवहरुसँगै बस्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘निर्वाचन आयोगको कोर्टमा बल छ । आयोगले आधिकारिकता भनेको छ, त्यो प्राप्त भएपछि के निर्णय गर्छ, हेरौं ।
तर उपेन्द्र यादवले आत्मालोचना गरेर आए मात्र विचार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा भण्डारीले भने उत्पीडनमा परेकाहरुको आन्दोलनलाई बलियो बनाउन र उपेन्द्र यादवलाई उद्धार गर्न पार्टी एकता गरेको बताए । माग–मुद्दा अघि सारेर सरकारलाई समर्थन गरेको भन्दै उनले भने, ‘हामी माग–मुद्दामा अडेका छौं । न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानि छ ।अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर