Advertisement
ताजा खबर
हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती

समुदायस्तरमा कोरोना संक्रमण फैलिदै

प्रतिक्षा खबर
२०७७ श्रावण ११, आईतवार १३:२४

विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।

बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर- ६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर- ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।
बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन ।
शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन । शनिबार पुष्टि भएका मध्ये दुईजना विराटनगर- ६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् ।अब समुदायस्तरमा कोरोना संक्रमण पुगिसक्यो विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘हाम्रो स्टडीले संक्रमण समुदायमा गएको देखायो, सतर्कता अपनाउनु पर्छ, ।’
विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर