Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी

प्रतिक्षा खबर
२०८१ आश्विन ३०, बुधबार १९:४३

वासिङ्टन डिसी । गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई पत्रमार्फत ३० दिनको समय दिएको छ । त्यसो नभए अमेरिकाले सहयोग रोक्ने चेतावनी दिएको छ ।

अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको थियो । यो अमेरिकाले इजरायल दिएको अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।

हालै इजरायलले गाजाको उत्तरी भागमा ठुलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको बताइएको छ । त्यसपछि अमेरिकाले यो कदम चालेको हो ।

पत्रमा अमेरिकाले गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकी पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ। यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो।
बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर