Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सम्सी गाउँपालिका अध्यक्ष शेख फारुखलाइ जनता समाजवादी पार्टीको ज्ञापन पत्र

प्रतिक्षा खबर
२०७७ जेष्ठ ९, शुक्रबार ०७:३३

नागेन्द्र कुमार यादव

महाेतरीकाे सम्सी गाउँपालिकामा ज्ञापन पत्र बुझाएकाछ । गाउँपालिकामा हुदैअाइरहेका अनमितता ,र भ्रष्टाचारको बिराेधमा जनता समाज वादी पार्टीका नेताहरुले गाउँपालिका अध्यक्ष शेख शेख फारुखलाइ ज्ञापन पत्र बुझाएका छन । पत्रमा लेखपएका छन गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र कार्यकारी प्रमुख लगायतका व्यक्तिले लिदैअाइरहरेका गाउँपालिकाबाट सुविधा लक डाउन चलिरहदा जतालाइ राहतसमेत नदिइ कराेराै रकम निकासागरी के गरेकाे लगायत मांग रहेका छन ।ज्ञापन पत्रमा ३दिनकाे समय दिदै गाउँपालिका अध्यक्ष शेखफारुखलाइ पत्र बुझाएका छन । गाउँपालिकामा जन प्रतिनिधि र प्रमुख प्रशासकिय अधिककाे अाराेप प्रतिअाराेपका कारण स्थानिहरु समस्यमा परिरहेका छन स्थानियहरु पटक पटक गाउँपालिकामा ताला गाउनुकाेसंगै नाराबाजिसमेत गरेकाले राहत दपन शुरु गरेका छन ।
सम्सी गाउँपालिकाका अध्यक्षले वैशाख १९ गते आफ्नै प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रशासकीय अधिकृतले घरायसी प्रयोजनका लागि खरिद गरेको भाँडाकुँडा, इन्टरनेटको भुक्तानी गाउँपालिकाबाट गर्नुका साथै गाडी सुविधा, होटल खर्च, फर्निचर खरिदमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षले उजुरी दर्ता गराएको बताए ।
गाउँपालिकाका प्रशासकीय अधिकृत रामजी जोशीले कार्यालयमा आएको तीन महिनामा प्रक्रिया पूरा नगरी मनोमानी रकम भुक्तानी गर्न थालेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महात्तरीमा उजुरी दर्ता गराएको बताए ।
प्रशासकीय अधिकृत जोशीले सम्सी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएपछि सार्वजनिक खरिद नियमावली २०६४ लाई बेवास्ता गरी माग फारम, खरिद आदेश, दाखिला प्रतिवेदनमा एकल दस्तखत गरी भुक्तानीका लागि दबाब दिएको गाउँपालिका अध्यक्ष फारुकले बताए । आर्थिक प्रशासन शाखाको सफ्टवेयर प्रयोग गरी आर्थिक कार्यमा लेखालाई चेकमा मात्र हस्ताक्षर गर्न लगाएर डेढ महिनाको अवधिमा अधिकृत जोशीले होटल खर्च देखाएर मात्रै ८ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
सार्वजनिक खरिद नियमावली विपरित खरिद भएको फर्निचरको बिल भुक्तानीका लागि अधिकृत जोशीले बिल पेश गरी एकल दस्तखत गरी दाखिला प्रतिवेदनको रकम फरक गरी गोश्वारा भौचर समेत आफैले उठाइ भुक्तानीका लागि जिन्सी र लेखालाई दबाब दिएकाले छानबिनको माग गर्दै अध्यक्ष फारुकले उजुरी दिएको बताए।
गाउँपालिकाको कार्यालयमा बिल पेश गरी दाखिला अनुसारका फर्निचरका समानहरुको खरिद गर्नुपर्ने आवश्यता नरहेको र वडा कार्यालयहरुमा अनुगमन गर्दा दाखिला अनुसारको फर्निचर वडा कार्यालयमा नरहेपनि भुक्तानीका लागि दबाब दिएको उजुरीमा उल्लेख छ । गाउँपालिकमा प्रशासकीय अधिकृतले गरेको मनोमानीबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई जानकारी गराएपनि समस्या समधान नभएपछि अख्तियारमा उजुरी गर्नुपरेको अध्यक्ष फारुकले बताए ।
प्रक्रिया पुरा नगरी खरिद भएको फर्निचरको भुक्तानीका लागि अधिकृत जोशीले जिन्सी शाखामा तीन महिनामा तीन जना कर्मचारी फेरबदल गरेका छन् । अधिकृत जोशीले घरको भाँडाकुँडा खरिदको ९६ हजार र व्यक्तिगत प्रयोगका लागि बर्दिबासस्थित घरमा लगाएको इन्टरनेट बापतको शुल्क २६ हजार ८ सय ५८ रुपैयाँ गाउँपालिकाबाट भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।
अधिकृत जोशीले फर्निचरको भुक्तानिका लागि पेश गरेको बिल भरपाइहरुको भुक्तानी कानुन संगत नहरेको भन्दै गाउँपालिका अध्यक्षले भुक्तानी रोकेका छन् । फर्निचरको भुक्तानी रोकिएपछि जोशीले कोभिड–१९ प्रयोजनमा भएको खर्चको भुक्तानी हुन दिएको छैनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर