Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

प्रदेश २मा १३१काेराेना संक्रमित देखियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ५, सोमबार १२:०७

रामगाेपालपुर, जेठ ५ गते ।
प्रदेश २ कोरोना भाइरसको इपीसेन्टर बन्दै गएको छ। परीक्षणको गति तीब्र पारिएसँगै प्रदेश २ मा संक्रमित थपिने क्रम बढ्दै छ ।
देशका सातमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा फेला छन् । सोमबार बिहान रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिएसँगै देशभरमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ। यसअघि आइतबार मात्र रौतहटमा १० जना संक्रमित भेटिएका थिए ।
सोमबार बिहान पौने ९ बजेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको हो । प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रदेशमा सबभन्दा बढी संक्रमित पर्सा र रौतहटमा छन्। पर्सामा तीन भारतीयसँगै ९१ जना र रौतहटमा २१ जनामा कोरोना संक्रमण भेटिएका छन् ।
त्यसैगरी धनुषामा ६, महोत्तरीमा ४, बारामा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १–१ जना कोरोना संक्रमित फेला परेका प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुको उपचार वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेशन, वीरगञ्जकै सिद्धर्थ स्कुलको आइसोलेशन, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन र सप्तरीको राजविराज स्थित सगरमाथा अस्पतालको आइसोलेशनमा भइरहेको छ ।
अहिलेसम्म भेटिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन् । खुल्ला सीमाको कारण चोरबाटो हुँदै भारतको दिल्ली, मुम्बई लगायत का ठाउँबाट उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ ।
भारतसँग खुल्ला सीमाकै कारण प्रदेश २ कोरोनाको उच्च जोखिममा रहेको भन्दै पहिले नै सरकारले रेडजोनमा राखेको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर