Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

संसद विघटन विरुद्ध जसपाले गरे प्रधानमन्त्री र राष्ट्रपति भण्डारीकाे पुतला दहन

प्रतिक्षा खबर
२०७८ जेष्ठ ८, शनिबार १९:२९

८ जेठ, काठमाडौं । संसद विघटन विरूद्ध जनता समाजवादी पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिकाे पुतला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेकाले यसविरुद्ध पुतला दहन गरिदै त्यसकाे विरुद्धमा जनताहरुलाइ उत्रन अपील गरेका हुन् ।
शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकालिएको छ । मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टामै संसद विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम रहेकाे भनिएको छ ।
प्रतिनिधिसभा विघटनबाट उत्पन्न राजनैतिक संकटले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको पनि नागरिक अगुवाहरुले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको दाबी गर्ने समूहले पनि त्यो प्रक्रिया संसदभित्रै अभ्यास गरिनुपर्ने पनि वक्तव्यमा उल्लेख छ ।
संसद विघटन गर्ने प्रतिगामी कदमबाट प्राप्त उपलब्धिहरु समेत धरापमा परेको भनिएकाे छ । तर लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा सधैं पराजित हुने गरेको पनि नागरिक अगुवाहरुले बताएका छन् ।
‘लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा विरुद्ध नेपाली जनताले सधैं साहसपूर्ण प्रतिकार गरेका छन् र यसलाई हमेसा पराजित गरेका छन् । अहिले फेरि हामी सम्पूर्ण नागरिकहरु एकपटक जुट्नुपर्ने बेला आएको जसपाका नेताहरले बताएका छन । विघटन गरिएको संसद सर्वोच्च अदालतबाट फेरि पुनस्र्थापित हुने आशा समेत गरिएको छ ।पुतला दहन तथा विराेध कार्यक्रममा विभिन्न पार्टीका राजनेतिक कर्मिहरु र स्थानिय जनताहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर