Advertisement
ताजा खबर
विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद उपेन्द्र यादवलाई दोहोरो राजनीतिक सङ्कट, मधेश सरकारको नेतृत्व र मोर्चा जोगाउने चुनौती गाउँसभामा कीर्ते उपस्थिति र नक्कली हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ सोनमा–५ खैरबनीमा अज्ञात युवकको शव फेला राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुषको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ छठको आस्थासँगै स्वास्थ्य सुरक्षामा चासो, छवटै वडाका घाटमा पुगे स्वास्थ्य संयोजक मण्डल र सिअनमी बबिता

☰

विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार

प्रतिक्षा खबर
२०८३ मंसिर २, बुधबार ९:५२

निजी तथा बोर्डिङ स्कुलहरूले विद्यालय सञ्चालन नभएका दिनको समेत पूरा महिनाको शुल्क लिने गरेको भन्दै अभिभावकहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। विशेषगरी यातायात शुल्कका विषयमा अभिभावकहरूको गुनासो बढ्दै गएको छ।
सामान्यतया हप्तामा दुई दिन बिदा हुने विद्यालयमा महिनामा करिब २२ दिन मात्रै पठनपाठन हुने गर्छ। त्यसमाथि सार्वजनिक बिदा तथा अन्य कारणले विद्यालय बन्द हुने दिन थपिँदा विद्यार्थीहरू विद्यालय जाने दिन अझै कम हुन्छन्। तर विद्यालयले भने पूरा महिनाकै शुल्क असुल्ने गरेको अभिभावकहरूको गुनासो छ।
अभिभावकहरूको भनाइमा विद्यालयले महिनामा १० देखि १५ दिन मात्रै कक्षा सञ्चालन गरे पनि पूरा ३० दिनकै हिसाबले शुल्क लिने प्रवृत्ति उचित होइन। विशेषगरी विद्यालयको यातायात सेवामा यो विषय अझ बढी देखिएको उनीहरूको तर्क छ। विद्यालय नलागेको दिन गाडी सञ्चालन हुँदैन, जसका कारण डिजेल तथा पेट्रोलको खर्चसमेत बचत हुन्छ। तर यातायात शुल्क भने पूरा महिनाकै लिने गरिएको अभिभावकहरूको गुनासो छ।
अधिकांश बालबालिकाका बुबा रोजगारीका लागि विदेशमा रहेका कारण घरको आर्थिक जिम्मेवारी आमाहरूले सम्हाल्दै आएका छन्। बालबालिकालाई टिफिन पुर्‍याउन विद्यालय जाने–आउने क्रममा आमाहरूबीच हुने कुराकानीमा पनि यस्ता विषयले चर्चा पाउने गरेका छन्। बोर्डिङ स्कुलले शुल्क, पढाइ, यातायात तथा अन्य सुविधामा सुधार गर्नुपर्ने विषयमा उनीहरूले बेला–बेलामा आपसमा दुखेसो पोख्ने गरेका छन्।
अभिभावकहरूको अर्को सुझाव विद्यालयले लिने शुल्कअनुसार पठनपाठनको गुणस्तर पनि बलियो बनाउनुपर्ने भन्ने छ। यदि विद्यालयले पूरा महिनाको शुल्क लिन्छ भने त्यसअनुसार शैक्षिक गतिविधि, पढाइको स्तर र विद्यार्थीको सिकाइ उपलब्धिमा पनि विशेष ध्यान दिन आवश्यक छ। कमजोर पठनपाठन र पूरा महिनाको शुल्कले अभिभावकलाई थप आर्थिक भार पर्ने उनीहरूको भनाइ छ।
यस्ता समस्या समाधानका लागि अभिभावकहरू एकजुट भएर विद्यालय व्यवस्थापन समिति तथा प्रशासनसमक्ष आफ्ना कुरा राख्नुपर्ने आवश्यकता देखिन्छ। विद्यालयले आयोजना गर्ने अभिभावक भेलामा उपस्थित भएर शुल्क, यातायात र शैक्षिक गुणस्तरका विषयमा खुलेर प्रश्न गर्न र सुझाव दिन अभिभावकहरू पछि हट्नु हुँदैन।
अभिभावक भेलामा बोल्न हिचकिचाउने र बाहिर मात्रै गुनासो गर्ने प्रवृत्तिले समस्या समाधान नहुने जानकारहरूको बुझाइ छ। त्यसैले अभिभावकहरूले संगठित रूपमा आफ्ना माग राख्न सके विद्यालय व्यवस्थापनलाई पनि सुधारका लागि दबाब पुग्न सक्छ।
विद्यालय शिक्षा केवल व्यवसाय मात्र नभई बालबालिकाको भविष्य निर्माणसँग जोडिएको जिम्मेवारी पनि हो। त्यसैले विद्यालयले शुल्क निर्धारण गर्दा अभिभावकको आर्थिक अवस्थालाई समेत ध्यान दिनुपर्छ। विद्यालय सञ्चालन नभएका दिनको यातायात शुल्कमा उचित समायोजन गर्ने, शुल्क प्रणाली पारदर्शी बनाउने र लिइएको शुल्कअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा विद्यालय व्यवस्थापन गम्भीर हुन आवश्यक देखिन्छ।
अन्ततः अभिभावकको प्रश्न एउटै छ—विद्यालय १०–१५ दिन मात्रै सञ्चालन हुँदा पनि पूरा महिनाकै शुल्क किन? यस विषयमा सम्बन्धित विद्यालय व्यवस्थापनले स्पष्ट जवाफ दिनुका साथै अभिभावकसँग छलफल गरेर न्यायोचित समाधान खोज्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर