रामगाेपालपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुर नगरपालिकामा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
पार्टीका जिल्ला सभापति शुभम् कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा घण्टीप्रेमी, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दल तथा अन्य क्षेत्रबाट आएका व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाइएको छ।

महोत्तरी क्षेत्र नं. ४ मा पार्टी संगठन विस्तार तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराउने अभियानलाई तीव्रता दिइएको छ। यसैक्रममा हिजो सोनमा गाउँपालिका–६ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो भने आज रामगोपालपुर नगरपालिकामा पनि पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।
रास्वपाका जिल्ला सभापति शुभम् कुमार यादव र सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश तथा संगठन विस्तारका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले महोत्तरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको संकेत गरेको आयोजक पक्षको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र घण्टीप्रेमीहरूलाई आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।







