Advertisement
ताजा खबर

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो

प्रतिक्षा खबर
२०८३ भाद्र १९, शुक्रबार १०:१७

नुवाकोट। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो ।

उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।

यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए ।

उद्धार गरिएका दुवैजनालाई उपचारका निम्ति काठमाडौं ल्याउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर