
१७ चैत, काठमाडौं । हवाई इन्धनको झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।
मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो







































































































