रामगाेपालपुर –महोत्तरीको रामगोपालपुर ६ स्थित प्राथामिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ वालकहरु घाईते भएका छन् । आईतबार विदाको मौका छोपी खेल्ने क्रममा सो घटना घटेको हो ।
मुख्यगेट भाँच्च्दिा स्थानीय विरेन्द्रकुमार यादवको बर्ष ७ को छोरा रबिन यादव, मनोज यादवको बर्ष ७ को गौतम यादव र शिवशंकर यादवको बर्ष ८ को दिपेश यादव रहेका छन् । उनीहरुमध्ये रबिनको अवस्था गम्भीर रहेको छ ।

बालक रबिनको कम्मरमा अत्याधिक चोट लागेकोले उनलाई थप उपचारको लागि काठमाण्डौ लगिएको उनका बुबा विरेन्द्रले बताए । मधेश प्रदेश सरकारको लागतमा नवनिर्मित पर्खाल र गेट निर्माण केहीदिन अगाडि मात्र ४५ लाखको लागतमा निर्माण भएको थियो ।

घटना सम्बन्धमा रामगोपालपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले यस घटनाको सम्बन्धमा विस्तृतमा वुझि आवश्यक कदम उठाईने बताएका छन् । विदाको दिनमा घटना घटेकोले कार्यालय सुनसान हुँदा वास्तविक अझ वाहिर आउन नसकेको अधिकृत दासले सुनाएका छन् ।

प्राविधीकपक्षको कमी कमजोरी घटनाको मुख्य जिम्मेबारी सम्बन्धित सरोकारपक्षलाई दिनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको योजना अन्र्तगत ४५ लाखको लागतमा निर्मित सो संरचना निर्माणको क्रममा व्यापक मात्रामा अनियमितता गरेको पाईएको छ ।

सो परियोजना अन्र्तगत २ वटा भुईतल्ले पक्की भवन, पर्खाल तथा मुख्य गेट जडान गर्नुपर्ने रहेता पनि कमसल रुपमा काम गरिएपछि सो घटना घटेको रामविनय यादवले बताए । यादवका अनुसार आर्थिक वर्ष २०८१ । ०८२ मा विनियोजित सो परियोजना निर्माणका लागि स्थानीय महेश यादव र लक्ष्मी राउत कुर्मीको नेतृत्वमा उपभोक्ता समिति गठन गरिएको थियो ।

सो निर्माण कार्यमा कमसल सिमेन्ट र गिट्टी प्रयोग गरिएको तथा मुख्य गेटमा राम्रोसँग वेल्डिङ नगरिदा कम समयमै गेट भाँचिएको हुनसक्ने अनुमान गरिएको छ । प्राप्त जानकारी अनुसार उक्त बजेट करिब सात महिना अघि नै फर्छयौट गरिएको भएतापनि केही रकम भने हालसम्म रोकिएको बताइएको छ ।

बजेटसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको छ । यस विषयमा रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दाससँग सोधपुछ गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाबारे हालसम्म आफूहरूलाई जानकारी नभएको बताउनुभयो ।

घटनाबारे अहिलेसम्म कुनै औपचारिक छानबिन सुरु नभएको तथा मुचुल्का समेत नउठाइएको अधिकृत दासले स्वीकार गरेका छन् ।सभार शिरीष न्युज








































































































