Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

रोटाभेटरमा किचिएर दुई बालिकाको मृत्यु

प्रतिक्षा खबर
२०८२ माघ २९, बिहीबार १७:१५

२९ माघ, जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका-४ मझौरामा ट्याक्टरको रोटाभेटरले किच्दा दुई बालिकाको ज्यान गएको छ। आज दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा ७ र ८ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो।

प्रहरीका अनुसार मटिहानी-४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको थियो। सोही क्रममा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका-११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन ट्याक्टरमा बसेका थिए। अचानक ट्याक्टरबाट लड्न जाँदा पछाडि जडान गरिएको रोटाभेटरमा परेर दुवै बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको छ। उक्त ट्याक्टरका धनी मटिहानी-४ कै ४२ वर्षीय फुल महम्मद रहेको प्रहरीले जनाएको छ।

मृतक दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर