• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राष्ट्रिय सभामा कांग्रेससंग जसपा नेपालकाे सहकार्यको समझदारी


उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल (जसपा नेपालसँग एकताको समझदारी भए पनि औपचारिक रूपमा पार्टी मर्ज भएको छैन तर जसपा नेपालकाे तर्फबाट  महन्थ ठाकुर राष्ट्रिय सभामा उम्मेदवार बन्ने भएका छ।

शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उक्त कुरा औपचारिक रूपमा बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए  ।

‘राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले आज बसेको बैठकमा जानकारी गराउनुभएको थियो,’ मोर्चाको बैठकमा सहभागी एक नेताले भने,’ कांग्रेसले २ सीट लिने र जसपालाई २ सीट दिने भनेर समझदारी कायम भएको छ ।’

यसअघि मंगलबार बसेको मोर्चाको बैठकमै लोसपाका नेता मुकेश झाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवारको रूपमा प्रस्ताव गर्दा सर्वेन्द्र नाथ शुक्लले समर्थन गरेका थिए ।

लोसपाका महासचिव मनिष मिश्रले पनि अध्यक्ष ठाकुरको नाम राष्ट्रिय सभाका लागि प्रस्ताव गरिएको स्वीकार गरे ।

‘उहाँको पक्षमा राष्ट्रिय सभाको लागि माहोल बनेको छ । कुन पार्टीसँग सहकार्य गर्ने भन्ने कुरा अहिले तय भइसकेको छैन ।

मोर्चाको मतले मात्र नपुग्ने हुनाले अन्य कुन-कुन दल सँग सहकार्य गर्ने भन्ने विषयमा औपचारिक निर्णय नभएको उनले खुलाए ।

त्यसैगरी, प्रतिनिधिसभामा मोर्चाबीच तालमेल गरेर जाने भएपनि कुन-कुन सिटमा कसरी तालमेल गर्ने भन्ने कुराका लागि मोर्चामा आबद्ध हरेक दलबाट २/२ जनाको कार्यदल बनेको उनले खुलाए ।

उक्त कार्यदलले गृहकार्य गरेर पेश गरेपछि अध्यक्षको तहमा त्यस विषयमा निर्णय लिइने उनले खुलाए ।

null

 

ठाकुर कांग्रेसको समर्थनमा  महोत्तरी-३ बाट प्रतिनिधि सभा चुनाव जित्दै आएका थिए । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।

आजको बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सभामा के कसो भएको हो ? भन्ने जिज्ञासा राखेपछि लोसपा अध्यक्ष ठाकुरले उक्त जवाफ दिएका हुन् ।

कांग्रेसलाई किन दिने ? भनेर जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रश्न सोधे पनि त्यसको जवाफ नआएको अर्का एक नेताले बताए ।

लोसपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालबाट पनि राष्ट्रिय सभादेखि प्रतिनिधि सभा चुनावसम्मै सहकार्यका लागि प्रस्ताव आएको जानकारी दिएका थिए ।

‘राष्ट्रिय सभामा हामी कांग्रेससँग सहकार्य गर्ने गरी अघि बढिरहेका छौं,’ यादवको भनाई उद्धृत गर्दै ती नेताले  भने, ‘तर, नेकपाबाट माधव नेपालजीले पनि सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । हामीले मोर्चामा छलफल गरेर भन्छौं भनेर जवाफ दिएका छौं भन्ने जानकारी उपेन्द्रजीले गराउनुभयो ।’

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।

मोर्चाको आजको बैठकमा प्रतिनिधिसभामा कुन–कुन क्षेत्रमा सहकार्य गर्ने भन्ने कुरा टुंग्याउने गरी कार्यदलले तयारी गर्ने र आगामी बैठकमा प्रस्तुत गरेर निर्णय गर्नेबारे छलफल भएको ती नेताले बताए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१८ पुष २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१८ पुष २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१८ पुष २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१८ पुष २०८२, शुक्रबार
Next Post
बढ्दो लागुऔषध ,सुर्तीजन्य र मादक पदार्थ दुरुपयोगप्रति गम्भीर चिन्ता, नियन्त्रणका लागि एकडारामा अन्तरक्रिया सम्पन्न

बढ्दो लागुऔषध ,सुर्तीजन्य र मादक पदार्थ दुरुपयोगप्रति गम्भीर चिन्ता, नियन्त्रणका लागि एकडारामा अन्तरक्रिया सम्पन्न

मुस्तफिजुर रहमानलाई टिममा नराख्न बीसीसीआईको निर्देशन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh