Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीद्धारा १५ घर परिवारलाई राहत बितरण

प्रतिक्षा खबर
२०७८ जेष्ठ १९, बुधबार ०९:००

उर्मिला यादव यात्री
जेठ १८
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले आज १५ घर परिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको हो । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा आज ओमसतिया गाउपालिका वडा नम्बर ५ भित्र रहेका अति बिपन्न १५ घर परिवारलाई पाच किलो चामल , एक पोका नुन, एक पोका सोयाबिन , आलू ,प्याज लगायत खाद्यन्न सामग्री बितरण गरिएको खाद्यान्न सहयोग अभियानका अभियानकर्मी हीना तिवारीले जानकारी दिनु भयो ।

मर्चवार सामुदायिक बिकास केन्द्रको समुहले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत १ हप्ता देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यन्न बितरण गर्दै आएको छ ।

खाद्यन्न बितरण अभियानमा विभिन्न क्षेत्रबाट प्राप्त भएका सहयोगबाट नै राहत बितरण गरिएको हो । अब रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र मर्चवार क्षेत्रमा पनि राहत बितरण गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष उपाध्यायले जानकारी दिनु भएको छ । खाद्यन्न बितरण कार्यक्रममा कार्यक्रमका अभियानकर्मी बिनय यादव , बालमुकुन्द हरिजन लगायत स्थानीय समाजसेवीहरुको पनि सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर