Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

स्वास्थ्य राज्यमन्त्री हसिना उपेन्द्रको पार्टीमा फर्किदै

प्रतिक्षा खबर
२०८१ जेष्ठ ५, शनिबार २२:३५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपालमै फर्किने बुझिएको छ । जनता समाजवादी पार्टी नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीमा गएकी खान पुरानै घर फर्किने मनसायमा देखिएकी छन् । उनले उक्त निर्णय १/२ दिनभित्रै गर्ने बुझिएको छ ।
अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका प्रदीप यादवले अनधिकृत रुपमा शनिबार स्वास्थ्य मन्त्रालयमा मान्छे पठाएर ‘लक’ भएको बजेट फेरबदल गर्न दबाव दिएपछि हसिना बिच्किएकी छन् । उनलाई यादवले कुनै अधिकार समेत दिएका छैनन् । मन्त्रीको कामप्रति बिमति राख्दै खान शनिबार छड्के गर्न स्वास्थ्य मन्त्रालय पुगेकी छिन् ।
सचिवहरू सम्पर्कविहीन छन् । मन्त्रालयमा नीति योजना महाशाखाका तल्ला तहका कर्मचारीलाई मन्त्रीका मान्छेले कोठामा थुनेर राखेका छन् । राज्यमन्त्री खानले सम्भवतः भोलिबाट मन्त्रालय नआउँने निर्णय लिने छिन् । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार उनका ससुरा आजै काठमाडौं आउँदैछन् ।
उपेन्द्र यादवबाट अलग भएको विषयमा उनीहरूमा केही फरक मत देखिएको छ । स्वास्थ्यमन्त्री यादव स्वास्थ्यको विषयमा केही नयाँ कुरा सोच्ने भन्दा ‘लक’ भएको बजेट भत्काएर भ्रष्टाचार गर्नतर्फ उद्धत देखेपछि हसिना थप तनावमा परेकी छन् । मन्त्री यादवले बजेट बढाउने विषयमा कुनै ध्यान दिएका छैनन् । केही सप्लायर्सको योजना अनुसार बजेटमा ब्यापक फेरबदल गर्न लगाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर