Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी

प्रतिक्षा खबर
२०८२ पुष २, बुधबार १९:३६

जनकपुरधाम। मधेस प्रदेशका सभामुख पद जनता समाजवादी पार्टीको भागमा परेपछि दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन्।

पार्टीका संसदीय दलको बैठकमा पार्टीका प्रवक्ता मनीष सुमन र प्रमुख सचेतक रामअशिष यादवले सभामुखको दाबी गरे। दुवैजना पहिलो कार्यकालमा समेत प्रदेश सभा सदस्य थिए। सुमन पहिलो कार्यकालमा प्रत्यक्षबाट निर्वाचित भएका थिए भने दोस्रो कार्यकालमा समानुपातिकबाट। दुवैजनाले दाबेदारी गरेपछि सहमतिको प्रयास भएपछि सफल नभएपछि केन्द्रीय नेतृत्वमा सिफारिस भएको त्यहीँबाट टुंगो लाग्ने जसपाका एक नेताले जानकारी दिए।

सात दलबीच भएको सहमतिअनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित दुई मन्त्रालय, जसपालाई सभामुखसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी) ले तीन मन्त्रालय र जनमत र लोसपालाई दुई मन्त्रालय दिने सहमति भएको छ।

जसपाका प्रमुख सचेतक यादवले संसदीय दलको बैठकमा सरकारलाई विश्वासको मत दिने विषयमा निर्णय भएको जानकारी दिए। अन्य विषयमा खासै छलफल नभएको उनको भनाइ छ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले ६ पुसमा सभामुखका लागि निर्वाचन हुने सदनलाई जानकारी गराइन्।

“मधेस प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुनेछ‚” उनले सदनलाई जानकारी गराइन्। उनले निर्वाचनका लागि प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई ५ पुसमा सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिइन्।

सभामुख रामचन्द्र मण्डलले पदको आचरणविपरीत कार्य गरेको भन्दै हटाएपछि नयाँ सभामुखका लागि निर्वाचन हुन लागेको हो। प्रदेशसभा बैठक शुक्रबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोही दिन प्रदेश सभामा विश्वासको मत लिने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर