• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी


सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी

जनकपुरधाम। मधेस प्रदेशका सभामुख पद जनता समाजवादी पार्टीको भागमा परेपछि दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन्।

पार्टीका संसदीय दलको बैठकमा पार्टीका प्रवक्ता मनीष सुमन र प्रमुख सचेतक रामअशिष यादवले सभामुखको दाबी गरे। दुवैजना पहिलो कार्यकालमा समेत प्रदेश सभा सदस्य थिए। सुमन पहिलो कार्यकालमा प्रत्यक्षबाट निर्वाचित भएका थिए भने दोस्रो कार्यकालमा समानुपातिकबाट। दुवैजनाले दाबेदारी गरेपछि सहमतिको प्रयास भएपछि सफल नभएपछि केन्द्रीय नेतृत्वमा सिफारिस भएको त्यहीँबाट टुंगो लाग्ने जसपाका एक नेताले जानकारी दिए।

सात दलबीच भएको सहमतिअनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित दुई मन्त्रालय, जसपालाई सभामुखसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी) ले तीन मन्त्रालय र जनमत र लोसपालाई दुई मन्त्रालय दिने सहमति भएको छ।

जसपाका प्रमुख सचेतक यादवले संसदीय दलको बैठकमा सरकारलाई विश्वासको मत दिने विषयमा निर्णय भएको जानकारी दिए। अन्य विषयमा खासै छलफल नभएको उनको भनाइ छ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले ६ पुसमा सभामुखका लागि निर्वाचन हुने सदनलाई जानकारी गराइन्।

“मधेस प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुनेछ‚” उनले सदनलाई जानकारी गराइन्। उनले निर्वाचनका लागि प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई ५ पुसमा सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिइन्।

सभामुख रामचन्द्र मण्डलले पदको आचरणविपरीत कार्य गरेको भन्दै हटाएपछि नयाँ सभामुखका लागि निर्वाचन हुन लागेको हो। प्रदेशसभा बैठक शुक्रबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोही दिन प्रदेश सभामा विश्वासको मत लिने छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२ पुष २०८२, बुधबार
Next Post
निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

२८ बुँदे मुख्य मागसहित जसपा नेपाल सिरहाद्वारा सदरमुकाममा प्रदर्शन

२८ बुँदे मुख्य मागसहित जसपा नेपाल सिरहाद्वारा सदरमुकाममा प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh