Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

क्याम्पस प्रमुख हत्या प्रकरण : दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन

प्रतिक्षा खबर
२०८१ असार १, शनिबार २१:३०

वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी र सिडिओ कार्यालय बाराको गेट अगाडि मृतक कुश्वाहाको शव राखेर प्रदर्शन गरिएको हो ।

शैक्षिक संघ संगठन एवम् समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै २ बजेदेखि प्रदर्शन गरेका हुन् । एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको बताए ।

अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको थियो । गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

मृतक कुश्वाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का अहिलेसम्म ५ जना पक्राउ परेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए । पक्राउ परेकाहरूसँग सोधपुछ चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर