• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा


१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।

दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए

गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री पदको शपथ लिएर विवादित बनेका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

तर उनले विश्वासको मत लिन नसक्ने भएपछि १७ मंसिरमा राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख कर्णले नयाँ सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरूले विहीबार आठ घण्टा लामो छलफल गरेका थिए । छलफलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको टुंगो लागेको र शुक्रबार दिउँसो २ बजे नै सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने बताएका थिए । उनले सात दलीय गठबन्धनको भावना अनुसारै सरकार गठन हुने र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीको शपथ हुने दाबीसमेत गरे ।

बैठकमा सहभागी अर्का एक सांसद भने शुक्रबार पुन: बैठक बसेर नाम टुंगो लगाउने सहमति भएको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२० मंसिर २०८२, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

२० मंसिर २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

पार्टी नीति विपरीत मन्त्री बनेकी कञ्चन विच्छाको सांसद पद गुम्यो

२० मंसिर २०८२, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

२० मंसिर २०८२, शुक्रबार
Next Post

जनकपुर–ढल्केबर सडकका ३ स्थानमा आकासे पुल निर्माण हुँदै   

जसपा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय  जलेश्वरमा धर्ना

जसपा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय  जलेश्वरमा धर्ना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh