Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

प्रतिक्षा खबर
२०८० पुष २७, शुक्रबार २०:५१

२७ पुस, धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।
रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।
यस्तै पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरू निर्विरोध चयन गरेको छ । सुदूरपश्‍चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बास्तोला, कर्णाली प्रदेश उपाध्‍यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्‍यक्षमा इन्द्र कुमारी लिम्बु र मधेश प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।
यस्तै ७ जना सह-महासचिवहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा रामलाल डंगौरा, पदम अधिकारी, पवन कुमार साह, दिल कुमारी लावती, राजन गुरूङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् ।
यस्तै सचिवमा तुलसी प्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजय कुमार बस्‍नेत निर्विरोध चयन भएका छन् ।
यस्तै पार्टीको सह-सचिवमा पनि पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्‍बु निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा उम्मेदवारी दिएका ३ जनाबीच सहमतिकाे प्रयास जारी छ । निर्वाचन समितिले २५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिसकेको छ । सहमति हुन बाँकी पदमा सहमतिकाे प्रयास जारी रहेकाे नाउपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर