Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

प्रतिक्षा खबर
२०८२ कार्तिक २७, बिहीबार ११:५२
२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन् । मधेश भवन अगाडि सात दलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन् ।

प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद सहितका कार्यकर्ताहरू आन्दोलनमा छन् ।

मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भित्र पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए ।

घटनाको विरोधमा सात दलीय गठबन्धनले आन्दोलनको घोषणा समेत गरेका छन् ।

सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदीले पनि पद गुमाइसकेकी छन् । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बर्खास्त गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर