प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा उनको नाम पनि समेटिएको हो । जवकि राप्रपाले यसअघि नै संघ र प्रदेशसभाबाट फिर्ता हुने यसअघि नै निर्णय गरिसकेको थियो ।
सो निर्णयविपरीत एकाधबाहेक राप्रपाका प्रदेशसभा सदस्यहरु हालसम्म पदमै कायम भएका हुन् । यतिमात्रै होइन अहिले आएर मधेस प्रदेशमा राप्रपाका सांसद मन्त्री समेत भएकी हुन् ।
यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको टिप्प्णी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।
अन्यथा विधान बमोजिम कारवाही हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।










































































































